७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

सूचनाको हक सम्बन्धी मध्यस्थकर्ता तालिम सम्पन्न

३० पुष २०७२, बिहीबार ०९:४९

RTI Pic
-----1

अजयकुमार साह । उदयपुर(गाईघाट), ३० पुस । सूशासन
र अधिकारको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्थाका पदाधिकारीहरुको लागि सूचनाको हक सम्बन्धि पाँचदिने
तालिम विहिबार सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा
उपस्थित सरोकारवालाहरुले सूचनाको हक सम्बन्धीविद्यमान ऐन २०६४ को कार्यान्वयनमा जोड दिनुपर्ने बताएका
छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागीहरुलाई शुभकामना दिदै जिल्ला अदालत उदयपुरका न्यायधिश
महेन्द्रबहादुर कार्कीले सूचनाको हक सम्बन्धीबनेको ऐन २०६४ संविधानप्रदत हकको रुपमा स्थापित भएकोले यसको
पालना सवैले गर्नुपर्ने बताउनुभयो । उहाँले सो ऐन शुसासनको आधार समेत भएकोले यसको कार्यान्वयनमा सवै
पक्ष उत्तिक्कै जिम्मेवार भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमको विशेष अतिथिको रुपमा बोल्दै प्रमुख जिल्लाअधिकारी कृष्णचन्द्र घिमिरेले जिल्ला
स्थित सार्वजनिक निकायमा सूचना अधिकारीहरुको स्थापनाका साथै सार्वजनिक हितको सूचना सार्वजनिक गर्न आफ्नो
तर्फबाट पहल जारी रहेको बताउँदै सूचनाअधिकारीहरुको क्षमताअभिबृद्धिका लागी थप तालिम र अभिमुखिकरणको
आवश्यक्ता रहेको औल्याउनुभयो ।

उहाँले शुसानको मूल आधारनै
सूचनाको हक भएको र आजको युगमा सूचनानै सम्पती र विकासको आधार भएको बताउँदै प्रजिअ घिमिरेले सार्वजनिक
निकायका प्रमुख र सूचना अधिकारीहरुलाई सर्वसाधारणले मागेको अवस्थामा तुरुन्तै सूचना उपलब्ध गराउन समेत
निर्देशन दिनुभयो । तालिमका प्रशिक्षक तथा समापन कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघकापूर्व
केन्द्रिय अध्यक्ष तथा फ्रिडम फोरमका धर्मेन्द्र झाले सूचना दुरुपयोग हुने बहानामा सूचनानै लुकाउनु
सार्वजनिक निकायको ठूलो भूल भएको बताउँदै सूचनानै नदिई दुरुपयोगको डर देखाउने र आफै दुरुपयोगमा लाग्ने
सार्वजनिक निकायको प्रमुख र सूचना अधिकारीहरुको कार्र्यशैली बदलीनु पर्ने सुझाव दिनुभयो ।

उहाँले नेपालमा सूचनाको हकको प्रयोग गर्नेमा निजामती कर्मचारीहरुको
संख्याअत्यधिक रहेको बताउँदै उनिहरुले आफ्नो सरुवा कसरी भयो , अध्ययन विदा आफूले किनपाईन, आफ्नो बढुवा
किन रोकिएको हो भन्ने जस्ताविषयमा सूचनामाग्दै आएका कर्मचारीहरुनै सर्वसाधारण जनतालाई सूचना
दिनहिच्कीचाउनु भनेको आफैमा लाजमर्दो कुरा भएको बताउनुभयो ।

सहजकर्ता झाले सर्वप्रथमआफू पनि नागरिक भएको महसुस गरी एउटा नागरिकले सूचना नपाउँदा के
कस्ताअवसरबाट बञ्चित हुन्छन त्यस कुरालाई ख्याल गरी सार्वजनिक निकायका सूचना अधिकारी र कार्यालय
प्रमुखले सूचना सार्वजनिक गर्ने विषयमा , आफनो मातहतका कार्यालयको कामकाजको विषयमा सार्वजनिकीकरण गर्नु,
सूचनादिनु उपयुक्त हुने बताउनुभयो ।

कार्यक्रमका अतिथि एवं
स्थानिय विकास अधिकारी पिताम्बर अधिकारीले सूचनाको हकको कार्यान्वयन गाउँ तहसम्म हुनुपर्ने जिकिर गर्दै
स्थानिय निकाय अन्तर्गत गाविस स्तर सम्म यसको कार्यान्वयनमा आफू लागीपर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सूचना दिने र माग्नेविच सौहार्द वातावरणको विकास समेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गाविस
सचिवहरुलाई समेत सार्वजनिक हितको सूचना सार्वजनिक गर्न निर्देशन समेत दिनुभयो ।

शुसासनको क्षेत्रमा क्रियाशिल संस्थाका पदाधिकारीहरुलाई सूचनाको हक सम्बन्धी
मध्यस्थकर्ता तालिम दिएर जिल्ला जिल्लामा सूचनाको हकको अभियानलाई अगाडी बढाउने मुख्य उद्देश्यका साथ
तालिम संचालन गरिएको हो । तालिमका विषयबस्तु अन्तर्गत सूचनाको हक, सूचनाको हकको ऐतिहासिक बिकासक्रम,
सूचनाको हक सम्बन्धी ऐन २०६४ का बिशेषता, कार्यान्वयन पक्ष, सूचनाको हक र सार्वजनिक निकाय र गैरसरकारी
निकायको कामकर्तव्य लगायतका विषयहरुमा जानकारी गराउने तालिमको उद्देश्य रहेको आयोजकले जनाएको छ

तालिम समापन कार्यक्रमको अतिथिको रुपमा बोल्दै जिल्ला प्रहरी
कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक(एसपी) नरबहादुर केसीले सूचना नै ज्ञान र अवसरको मुख्यआधार भएकोले
नागरिकले पाउनुपर्ने सूचना सम्प्रेशण गर्न आफ्नो कार्यालय र आफू पनि क्रियाशिल रहने बताउनुभयो ।
उदयपुरको गाईघाटमा पुष २६ गतेबाट शुरु भएको तालिममा उदयपुर, खोटाङ, सप्तरी र सिराहा जिल्लाका २५ गैससका
अगुवा गैससस कर्मीहरुको सहभागिता रहेको सूचनाको हकका लागि नागरिक सञ्जाल उदयपुरका संयोजक अजयकुमार साहले
जानकारी दिए ।

युनेस्कोको आर्थिक सहयोगमा सूचनाको हकका लागि
नागरिक अभियान (सिसीआरआई) काठमाण्डौको आयोजना र सूचनाको हकका लागि नागरिक संजाल उदयपुरको संयोजनमा शुरु
भएको तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व केन्द्रियअध्यक्ष धमेन्द्र झा, सूचनाको हकका लागि
नागरिक अभियान (सिसिआरआई) का सरोज बिष्टले गर्नुभएको थियो । तालिम समापनको क्रममा सहभागीहरुको तर्फबाट
प्रतिबद्धता र कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । तालिमको समापन कार्यक्रममा सूचनाको हकका लागि
नागरिक सञ्जाल उदयपुरका जिल्ला संयोजकअजयकुमार साह र सचिव तुलसी कोईरालाले तालिमको सहजकर्ताहरु झा र
बिष्टलाई मायाको चिनो प्रदान गरेकाथिए ।

एकैदिन २२ जनाले
सार्वजनिक निकायमा सूचना माग गरे:

तालिममा सहभागीमध्ये २२ जना
सहभागीहरुले बुधबार चौथो दिन जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, त्रियुगा नगरपालिका,
गाईघाट–दिक्तेल सडक योजना कार्यालय, त्रियुगा उच्च माध्यमिक विद्यालय, श्री बालमन्दिर मावि, जिल्ला
शिक्षा कार्यालय, महिला विकास कार्यालय, जिल्ला कृषी विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय लगायत
करिब १ दर्जन निकायहरुमा एक्कै पटक ऐन अनुसार निवेदन सहित सूचना माग गरेकाछन् ।

उदयपुर जिल्लामा सार्वजनिक निकायहरुसँग एक्कै पटकमा यति धेरै सूचना माग पहिलो पटक भएको
सूचनाको हकका लागी नागरिक संजाल उदयपुरका जिल्ला संयोजक अजयकुमार साहले बताउनुभयो । सूचना मागकर्ता
तालिमका सहभागीहरुले सूचना मागगर्ने क्रममा आफुले भोगेको अनुभव एकअर्काविच छलफल गरेका थिए । छलफको
क्रममा अधिकाँश सार्वजनिक निकायले सूचनाको हक सम्बन्धी ऐन २०६४ को विषयमा अनभिज्ञ रहेको पाईएको जनाईएको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या