2026-08-25 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका अधिकांश स्थानमा यातायात सेवा बन्द

चिसाङ शेर्पा | असार १९, खोटाङ | बर्षातसँगै खोटाङका अधिकांश स्थानमा यातायात सेवा बन्द भएको छ । ६/६ महिना सञ्चालनमा आइरहेका कच्ची सडकहरु बर्षातसँगै हिलाम्मे र खाल्डाखुल्डी भएका कारण यातायात सेवा बन्द भएको हो । बर्षातको समयमा अत्याधिक पानि पर्ने, कच्ची बाटोमा गाडी तथा मोटरसाईकल भाँसिने समस्या हुन थालेपछि सदरमुकाम देखी गाउँ–गाउँसम्मको यातायात सेवा टुटेको छ ।

प्रायः हिउदको समयमा दुई नगरपालिका, आठ गाउँपालिकाको सबै स्थानमा पुग्ने यातायात सेवा असार दोश्रो सातादेखी पुग्न छोडेको छ । सदरमुकाम दिक्तेलबाट ऐसेलुखर्क, बाक्सिला खार्मी, पाथेका, लामिडाडाँ, खानीडाडाँ, दिक्तेल–चखेवा भञ्जयाङ्सम्मकोे यातायात सेवा बन्द भएको खोटाङ यातायात व्यवसायी संघका महासचिव राम कुमार हिङमाङले जानकारी दिनुभयो ।

हाल दिक्तेलबाट बुइपा, जालपा लोकल यातायात सञ्चालन भईरहेको छ । पानि धेरै परेमा केही समयपछि त्यही सेवा पनि बन्द हुने महासचिव हिङमाङले बताउनुभयो । बर्षातका कारण यातायात सेवा बन्द भएपछि स्थानियहरुलाइ शास्ती भएको छ । दिक्तेलबाट दक्षिणी भेगतर्फ जाने दिक्तेल–तावाखोला सडक खण्ड भने गएको बैशाख देखी नै अबरुद्ध छ । 

हाल जिल्लाबाट दिक्तेल–काठमाण्डौ, दिक्तेल–धरान, दिक्तेल–विराटनगर, दिक्तेल–कटारी सिधा यातायात सञ्चालनमा रहेको छ । यसैविच, आगामी असार २५ गतेबाट दिक्तेल–काँकडभिट्टा सिधा यातायात सञ्चालन हुने खोटाङ यातायात व्यवसायी संघले जनाएको छ । दिक्तेल–काँकडभिट्टा सिधा यातायात सुरु भएपछि झापासम्मको यात्रामा सहजता पुग्ने अनुमान गरिएको छ । हाल जिल्लामा तीनसय बढी सानाठूला सवारी साधन सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग