२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु

२० असार २०७५, बुधबार ०८:४०

असार २०, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु भएको छ । 

नगरपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त वाइफाइ पार्क निर्माण शुरु गरिएको हो । पार्क निर्माणका लागि यस वर्ष रु दुई लाख ५० हजार खर्च गरिने नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो । 

नगरपालिकाले नेपाल टेलिकमको सेवा प्रभावकारी बनाउन पहल गर्ने, विभिन्न ठाउँमा टावर निर्माण गर्नेलगायत योजना बनाएको छ । खार्मीको बाँझोबारी, जालपा र बुवालुङको खावाडाँडामा टेलिफोन टावर राख्ने योजना छ । सञ्चारमाध्यममा सबैको पहुँच पु¥याउने नीतिगत निर्णय गरिएको छ । नगरक्षेत्रभित्रका सबै विद्यालयमा इहाजिरी, बजारमा सिसिटिभी तथा प्रत्येक वडामा सफ्टवेर प्रविधिबाट कार्यसम्पादन भइरहेको छ । 

वर्षाका कारण सडक अवरुद्ध 

लगातारको वर्षाका कारण जिल्लामा सञ्चालित अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । हिउँदमा मात्र सञ्चालन हुँदै आएका कतिपय सडक भलबाढीले खाल्डाखुल्डी पार्नुका साथै सडकमाथिबाट पहिरो झरेपछि अवरुद्ध भएका छन् । 

हाल चारवटा सडकमात्र सञ्चालनमा रहेको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम तथा दिक्तेल–बुइपा र दिक्तेल–जालपा फेदीसम्मको सडक सञ्चालनमा छ । सवारीसाधन नचल्दा यात्रुले सास्ती खेप्नु परेको छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललाई केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकासँग जोड्ने दिक्तेल–ऐँसेलुखर्क सडक हप्ता दिनदेखि ठप्प छ । केपिलासगढी र एँेसेलुखर्क गाउँपालिका जाने सडकको अहिले दिक्तेलबाट जालपा फेदीसम्म मात्र पुग्न सकिन्छ । दिक्तेलबाट फोक्सिङटार जाने सडकमा अहिले बुइपासम्म मात्र पुग्न सकिन्छ । 

मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमीलगायत शाखा सडक अवरुद्ध छ । सडकमा हिलो जम्नुका साथै कतिपय स्थानमा पहिरो खस्दा दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिका, जन्तेढुंगा, बराहपोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका जाने सडकमा सवारी चल्न सकेका छैनन् । जन्तेढुंगा गाउँपालिकाबाट सिन्ताङ, फाक्टाङ–धाप्लाङघाट तथा खोटाङबजार–रसुवाघाट सडक एक महिनादेखि ठप्प छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो