पढ्न करिब 1 मिनेट लाग्छ
<p>असार २०, गौशाला | महोत्तरी जिल्लाको बलवा नगरपालिकामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा बलवा नगरपालिका–३ कुटी टोल बस्ने बेचन साहका छोरा ३५ वर्षीय रामउदित साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । </p><p>युवक साह आफ्नै घरमा रहेका खानेपानी पाइप (कल) मा लगाइएको मोटरबाट पानी तान्न खोज्दा मोटरमा विद्युत् प्रवाह भई करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका युवक साहलाई परिवारजनले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । मृतक युवक साहको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस </p>

