2026-08-31 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आंगिक क्याम्पस विस्तार गर्दै कृषि विश्वविद्यालय

असार २१, चितवन | निजी शिक्षण संस्थालाई सम्बन्धन दिन खोज्दा चौतर्फी आलोचना व्यहोरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले आंगिक क्याम्पस विस्तार गर्दै अघि बढेको छ । 

हालसम्म चार ठाउँमा आंगिक क्याम्पस सञ्चालन भइरहेका छन् । 

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार आउँदो शैक्षिकसत्रका लागि महोत्तरीको बर्दिवासमा कृषि स्नातक र उदयपुरको कटारीमा वनमा स्नातक पढाइ सञ्चालन गरिने भएको छ । 

विश्वविद्यालयको सिनेटले १० ठाउँमा आंगिक क्याम्पस सञ्चालन गर्न प्रस्ताव गर्दै बजेट माग गरेकामा विश्वविद्यालय अनुदान आयोगले सात ठाउँका लागि निर्णय गरेको थियो । ढकालका अनुसार सात ठाउँमध्ये धनकुटाको पाख्रिबास, कैलालीको टीकापुर र सिन्धुलीको कपिलाकोटमा कृषि स्नातकमा हरेक क्याम्पसमा ५० जनाका दरले यसै शैक्षिकसत्रबाट अध्ययन अध्यापन भइरहेको छ । 

अनुदान आयोगको सात क्याम्पसबाहेकको कास्कीको पुरनचौरमा पनि कृषि स्नातक पढाइ भइरहेको छ । अन्य चारमध्ये बर्दिवास, उदयपुर, बाँकेको खजुरा र रोल्पाको माडीचौर रहेका छन् । 

उहाँका अनुसार बर्दिवासको सम्पूर्ण प्रक्रिया सकिएको छ भने कटारीको सुष्मा मेमोरियल ट्रष्टले वनको कार्यक्रम सञ्चालन गर्न जग्गा विश्वविद्यालयको नाममा हस्तान्तरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । ट्रष्टको नाममा रहेको २७ बिगाहा र थप दुई बिगाहा खरिद गरी विश्वविद्यालयको नाममा हस्तान्तरण गरेर वन क्याम्पस सञ्चालन गर्दैछ । विश्वविद्यालयले आंगिक क्याम्पस सञ्चालन गर्न पहाडमा कम्तीमा १०० रोपनी र तराईमा आठ बिगाहा जग्गा विश्वविद्यालयको नाममा रजिष्ट्रेशन गर्नुपर्ने प्रावधान बनाएको छ । 

खजुरा र माडीचौरमा पनि प्रक्रिया जारी रहेकाले चाँडो काम भएमा आउँदो शैक्षिकसत्रबाटै कार्यक्रम सञ्चालन गर्न सकिने ढकालले बताउनुभयो । 

विश्वविद्यालयको सिनेटले आंगिक क्याम्पस दिन निर्णय गरेका अन्य ठाउँमध्ये गोर्खाको च्याङ्ली, स्याङ्जाको चापाकोट र दैलेखको दुल्लुमा पनि प्रक्रिया अघि बढिरहेको उहाँले बताउनुभयो । ती ठाउँमा आंगिक क्याम्पस शुरु हुँदै गर्दा विश्वविद्यालयका ११ ठाउँमा आंगिक क्याम्पस सञ्चालन हुनेछन् । दुई वर्षभित्रमा ती सबै ठाउँमा आंगिक क्याम्पस सञ्चालन गर्ने लक्ष्य विश्वविद्यालयको छ । 

हाल विश्वविद्यालयले केन्द्रीय कार्यालय रहेको रामपुरमा कृषि स्नातकदेखि विद्यावारिधिसम्म र हेटौँडामा वन विज्ञानको स्नातकदेखि विद्यावारिधिसम्म पढाउँदै आएको छ । विश्वविद्यालयमा निजी क्षेत्रबाट २० वटा क्याम्पसले सम्बन्धनका लागि निवेदन पेश गरेकामा केही क्याम्पसलाई सम्बन्धन दिन खोजेको भए पनि सर्वत्र विरोध भएपछि रोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला