२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको एक सय एक ठाउँ प्रकोपको जोखिममा

२१ असार २०७५, बिहीबार ०६:५७

असार २१, बागलुङ | जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ । 

जिल्ला भू–संरक्षण कार्यालय बागलुङले वर्षाअगावै स्थलगत सर्वेक्षण गरी उच्च जोखिमयुक्त ठाउँ किटान गरेको हो । जसमध्ये ढोरपाटन नगरपालिका क्षेत्र बढी जोखिममा रहेको कार्यालयका भू–संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले बताउनुभयो । 

त्यहाँ पर्ने बोबाङ, अधिकारीचौर र नगरपालिकाको केन्द्र बुर्तिबाङसमेत प्राकृतिक विपद्को जोखिममा छ । 

यस्तै तमानखोला गाउँपालिका, निशीखोला गाउँपालिकाको बोङ्गादोभान, खुङ्खानीमा बाढीपहिरोको बढी जोखिम छ । त्यस क्षेत्रमा बग्ने निसी, भुजी र तमानखोलाले बाढीपहिरोको जोखिम बढाउने गरेको अधिकृत श्रेष्ठले बताउनुभयो । 

“पश्चिम भेग विशाल पहाडी भू–भागले घेरिएको छ, वर्षा हुँदा खोलाको बहाब एक्कासी बढ्छ”, उहाँले भन्नुभयो, “जसका कारण तटीय क्षेत्रमा प्रकोप निम्तने खतरा छ ।” 

भूगर्वको कमजोर संरचना, भौगोलिक बनावट, भिरालो जमिन, नाङ्गा पहाड, जथाभावी खनिएका सडकजस्ता कारणले बाढीपहिरो निम्तने गरेको उहाँको भनाइ छ । दुई वर्षअघि निसी, भुजी, तमानखोला र बडीगाड खोलामा आएको बाढीले करोडौँको भौतिक सम्पतिमा क्षति पु¥याएको थियो । प्राकृतिक प्रकोपले वर्षेनीजसो मानवीय क्षति पनि व्यहोर्नुपरेको अधिकृत श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार गलकोट नगरपालिकाको हरिचौर, पाण्डवखानी, दुदिलाभाटी, काठेखोला गाउँपालिकाको लेखानी, रेशलगायतका क्षेत्र पनि प्रकोपको जोखिममा छन् । 

यस्तै बागलुङ नगरपालिका भित्र मात्रै सानाठूला गरी ९३ वटा पहिरो रहेको जनाइएको छ । प्राकृतिक प्रकोपको जोखिम बढे पनि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम, बजेट भने कार्यालयसँग छैन । चालु आवको सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला कार्यालयले कुनै पूर्वतयारीका काम गर्न सकेन । “पहिले जनचेतना अभिवृद्धिदेखि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम र बजेट आउँथ्यो”, अधिकृत श्रेष्ठले भन्नुभयो, “अहिले सबै स्थानीय तहमा गएको छ ।” 

स्थानीय तहले भने यो वर्ष प्राकृतिक प्रकोप नियन्त्रणको कुनै प्रभावकारी योजना बनाएका छैनन् । केहीले विपद् कोष खडा गरे पनि जनशक्ति अभाव र अनुभवको कमीले पनि विशेष कार्ययोजना लागू गर्न नसकेका हुन् । जिल्ला प्रशासन कार्यालय बागलुङले भने प्राकृतिक प्रकोपका घटनाको व्यवस्थापन, उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गरिने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै