२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्राविधिक शिक्षालयका लागि ६७ रोपनी जग्गा प्रदान

२१ असार २०७५, बिहीबार १२:१९

असार २१, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गर्न लागिएको बहुद्देश्यीय प्राविधिक शिक्षालयका लागि ६७ रोपनी ११ आना दुई पैसा दुई दाम जग्गा निःशुल्क प्राप्त भएको छ । प्रदेश नं १ मा पर्ने सबै जिल्लालाई समेट्ने गरी स्थापना गर्न लागिएको प्राविधिक शिक्षालयका लागि बुधबार नुनथलाका ११ जनाले उक्त जग्गा उपलब्ध गराएका हुन् । 

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथलास्थित महुरेमा स्थापना गर्न लागिएको उक्त शिक्षालयका लागि स्थानीय उत्तरबहादुर राईले १३ रोपनी एक आना दुई पैसा तीन दाम, गंगादेवी राईले १० रोपनी १४ आना एक पैसा, अर्थबहादुर राईले सात रोपनी १२ आना एक पैसा, भद्रबुर राईले छ रोपनी दुई आना दुई पैसा दुई दाम, कुमारसिं राईले पाँच रोपनी १३ आना दुई पैसा दुई दाम, प्रेम साम्पाङ राईले पाँच रोपनी सात आना एक पैसा, हर्कबहादुर राईले चार रोपनी सात आना, देवन राईले चार रोपनी तीन आना, दीपककुमार राईले चार रोपनी चार आना दुई पैसा दुई दाम, पदम राईले चार रोपनी पाँच आना एक पैसा दुई दाम र तीनजित राईले एक रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको प्राविधिक शिक्षालय स्थापनार्थ खटिनुभएका अभियानकर्ता हेमविक्रम राईले जानकारी दिनुभयो । 

जग्गादाताले आफ्नो नाममा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा आएर शिक्षालयको नाममा रजिष्ट्रेसन पास गरिदिएको जनाइएको छ । 

करोडौँ मूल्य पर्ने जग्गा उपलब्ध गराएका जग्गादाताले बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा उक्त शिक्षालयको नाम ‘महुरेगढी बहुद्देश्यीय प्राविधिक शिक्षालय’ राखिनुपर्ने माग गरेका छन् । 

पत्रकार सम्मेलनमा सहभागी प्रदेशसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), पूर्वसांसद टंक राई, पूर्वसभासद् दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणुदेवी राईलगायतले स्थानीयवासीको जनभावनाअनुसार नै शिक्षालयको नामाकरण हुने बताएका छन् । उनीहरुले जग्गादातालाई धन्यवाद दिँदै अभियानमा साथ दिन आग्रहसमेत गरेका छन् । 

शिक्षामन्त्रालयको आर्थिक सहयोगमा गत वर्षबाटै स्थापनाको पहल थालिएको उक्त शिक्षालयमा यस वर्ष डिजाइन र प्राविधिक मूल्यांकनको काम शुरु हुने पत्रकार सम्मेलनमा सहभागी प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्का उपनिर्देशक रमाकान्त काफ्लेले जानकारी दिनुभयो । “यो शिक्षालयमा सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिलेसमेत आफ्नो सीपअनुसारको प्रमाणपत्र हात पार्नेछन् ।” उहाँले भन्नुभयो, “यसलाई सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको छ ।” 

प्राविधिक शिक्षालयमा छोटो अवधिका तालीम, प्रि एसएलसी र डिप्लोमा तहका सबै विषयको पठनपाठन हुने जनाइएको छ । प्राविधिक शिक्षालयमा प्रदेश नं १ मा पर्ने १४ वटै जिल्लाका विद्यार्थीलाई सहभागी गराइने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो