२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शैया थप गरिने

२०७५, २२ असार शुक्रबार ०७:५५

असार २२, चितवन | भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शैया थप गरिने भएको छ । 

अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ शय्या पुर्याउन लागिएको हो । हाल अस्पतालमा १९४ शय्या छ । 

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार भवनको काम पूरा भएको र लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया जारी रहेकाले साउनदेखि थप शय्या प्रयोगमा ल्याइने तयारी गरिएको हो । उहाँका अनुसार विसं २०५७ मा १०० शय्याबाट शुरु गरिएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि पटक पटक गरी ९४ शय्या थपिएको थियो । 

अस्पतालको चारतले नयाँ भवन निर्माण हेर्दै आउनुभएका रमेश पाण्डेका अनुसार सो भवन एक लाख ३० हजार स्क्वायर फिटको छ । विसं २०६९ मा निर्माण थालिएको सो भवन झण्डै रु ७० करोडको लागतमा निर्माण गरिएको हो । भवनमा सघन उपचार कक्ष, पोष्टअपरेटिभ कक्ष, मोडुलर शल्यक्रिया कक्ष, क्याबिन, चिकित्सक छलफल कक्ष, सभाहलसँगै जनरल वार्ड पनि रहेको अस्पतालले जनाएको छ । 

सो भवनको भुईतलामा दुई हजार २०० स्क्वायर फिटको खाली ठाउँसमेत छ । भवनसँगै रेडियोथेरापी बंकर पनि निर्माण गरिएको पाण्डेले बताउनुभयो । अस्पतालमा शय्याको अभावमा बिरामी भर्ना गर्न कठिन हुँदै आएको थियो । अत्याधुनिक तवरको ठूलो एउटै भवन बनेपछि अस्पतालमा सञ्चालनमा रहेका नौवटै विभागका आवश्यकअनुसार शय्या विस्तार हुने भएका छन् । कार्यकारी निर्देशक आचार्यका अनुसार सबैभन्दा बढी मेडिसिन वार्डमा बिरामीको चाप बढी हुने गर्छ । 

केमो चढाउने बिरामीलाई सो वार्डमा राखिने भएकाले त्यहाँ बिरामीको चाप हुने गरेको हो। हाल अस्पतालमा बिरामीले भर्ना भएर उपचारका लागि पालो कुर्नुपर्ने अवस्था छ । 

चीन सरकारको सहयोगमा २०५७ सालमा स्थापना भएको यस अस्पतालमा वार्षिक एक लाख ३० हजार हाराहारीले सेवा लिँदै आएका छन् । जसमध्ये आठ हजारभन्दा बढी क्यान्सरका रोगी छन् । नेपालका सबै जिल्ला र भारतीय सीमा क्षेत्रबाट पनि बिरामी यहाँ उपचारका लागि आउने गर्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा