Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धनकुटामा माइक्रोबस दुर्घटना हुँदा चारजना गम्भीर घाइते

By kit 2 मिनेट पढाइ

<p><b>असार २२, धनकुटा |</b> कोशी राजमार्गअन्तर्गत धनकुटाको रमाइलो घुम्तीमा माइक्रोबस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।&nbsp;<br></p><p>धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको को १ ख २८४७ नम्बरको माइक्रोबस आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका सहचालक सुरज तामाङ, यात्रु कमला भुजेल, ईश्वरी पौडेल र उमेश पोखे्रललाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला ट्राफिक प्रहरी धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताउनुभयो ।&nbsp;</p><p>घाइते अन्य १४ जना जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपछि घर फर्केका छन् । माइक्रोबसको बे्रेक फेल भई दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ । रासस</p>