2026-09-08 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रारामा कुक तथा आतिथ्यता तालिम सम्पन्न

नन्द बहादुर रोकाया/असार २२, मुगु | मुगु जिल्ला तथा कर्णालीप्रदेशमा रहेको प्रमुख पर्यटकिय गन्तव्य रारामा सातदिने कुक तथा आतिथ्यता तालिम सम्पन्न भएको छ । 

नेपाल पर्यटन वोर्डको सहयोग र रारा पर्यटन विकास समितिको आयोजनामा तालिम संचालन गरिएको थियो । तालिममा रारा वरिपरीका होटल व्यवसायी र स्थानिय यूवायूवतिको सक्रियतापूर्वक सहभागिता भई कुक तथा आतिथ्य तालिम लिईएका छन ।  

रारामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई स्थानिय परिकारको स्वाद चखाउनुका साथै यहाँ रहेका स्थानियहरुलाई आत्मनिर्भर वनाउने र राराको पर्यन विकासमा टेवा पुग्ने उदेश्यका तालीम दिईएको रारा पर्यटन बिकास समितिका अध्यक्ष एवं कर्णालीका यूवापर्यटन अभियानता देबिकृष्ण रोकायाले वताए । 

उनका अनुसार रारा पर्यटन विकास समितिले यस अघिका कार्यक्रमलाई निरन्तरता दिदै नेपाल पर्यटन वोर्ड संग सहकार्य गरेर कार्यक्रम गरिएको आगामि दिनमा पनि यस्ता कार्यक्रम गरिने उहाँको भनाई छ । २०७५ लाई प्रदेश सरकारले कर्णाली रारा पर्यटन भ्रमण वर्ष मनाई सकेको छ । 

उक्त पर्यटन भ्रमण वर्षमा रारा बाट प्रधानमन्त्रि के.पि. शर्मा वलिले देशवासिको नाममा सम्वोधनगर्नु भएको थियो । रोकाया भन्छन् प्रदेश सरकारले कर्णाली रारा पर्यटन भमण वर्षलाई सफल वनाउन आवश्य पूर्वाधार र दक्ष जनशक्ति तयार गर्नु पर्ने देखिएकाले बेरोजगार युवालाई तालिम दिईएका हौ । समापन कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले रारामा आउने पर्यटक लाई राम्रो बोल्न र सभ्य ब्याबाहर गर्न आग्रह गर्नु भयो । आन्तरकि तथा बाह्य पर्यटक मुगुको रारा आउदाँ  अरु लाई पनी एकपटक रारा जानै पर्ने ठाउँ छ है भन्ने सन्देश लिएर स्यावगत गर्नु पर्ने बताए ।  पर्यटक लाई स्थानीय परिकार खुवाउन र तालीमा सिकेका कुरा ब्याहारमा लागु गर्नु तालीमा सहभागी सबैलाई सुझाव समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ