२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

साक्षरता गाविस घोषणा तयारी शुरु, लेटरग्रेडिङ बारे श्रोत केन्द्र स्तरीय अभिमुखिकरण

२९ माघ २०७२, शुक्रबार ०५:१८

अजयकुमार साह/ माघ २९, उदयपुर । उदयपुर जिल्लालाई २०७२ चैत्र
भित्र साझरता जिल्ला घोषणा गर्ने अभियान अन्तरर्गत गाउँ विकास समितिहरुलाई सोको तयारीका लागी श्रोत
केन्द स्तरीय भेला गरी अभियान शुरु गरिएकोछ ।

जिल्ला शिक्षा
कार्यालय उदयपुरको संयोजनमा जिल्लाका ४० वटै गाविसलाई आगामी चैत्र भित्र साक्षर गाविस घोषणा गर्ने
कार्यक्रम अन्तर्गत श्रोत केन्द्र स्तरीय अभिमुखिकरण समेत शुरु गरिएको जिल्ला शिक्षा कार्यालयका सहायक
जिल्ला शिक्षा अधिकारी भुपेन्द्र प्रसाद कोईरालाले जानकारी गराउनुभयो ।
udaypur news 1

अभिमुखिकरण कार्यक्रम अन्तर्गत माघ २२ गते बेल्टार,
२३ गते मुर्कुची, २४ गते कटारी र २५ गते देउरी श्रोत केन्द्रहरुमा त्यस क्षेत्रका करिब १ सय ६० जना
प्रधानाध्यापकहरुलाई साक्षरता गाविस घोषणाको आधार तयार पार्ने, सम्बन्धीत गाविस भरिका सम्पूर्ण विद्यालय
र सामुदायीक अध्ययन केन्द्रका पदाधिकारीहरुको बैठक आयोजना गर्ने लगायतका विषयहरुमा छलफल गरिएको सहायक
जिशिअ कोईरालाले बताउनुभयो ।

साथै सोही अभिमुखिकरण गोष्ठीमा
भर्खरै शिक्षा मन्त्रालयले लागू गरेको लेटर ग्रेडिङ प्रणालीको विषयमा रहेको अन्यौलता हटाउन शिक्षा
विभागले प्रकाशन गरेको निर्देशिका २०७२ अनुसार विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र गाउँका
सर्वसाधारणलाई जानकारीका लागी व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरिएको उहाँले बताउनुभयो ।
udypur news

साक्षरता अभियान अन्तर्गत पहिलो चरणमा रौता, चिलाउने,
भलायडाँडा, पञ्चावति, डुम्रे, भुट्टार, नामेटार, पोखरी, लाँफागाउँ र जाँते गाविसहरुमा क्रमश ः खडग
बहादुर थापा, मान बा.राई, दिनानाथ दाहाल, विरधोज निरौला, कैलाश ढकाल, उद्यव कार्की, राधेश्याम साह,
चुडामणी दाहाल र विमानसिंह खडका लाई संयोजन गरेर साक्षरता अभियानको आधारहरुको विषयमा छलफल गरी घोषणा
तयारी गर्ने निर्णय समेत गरेको जनाईएको छ । उदयपुरमा हाल ४० वटा गाविसहरु मध्ये २ वटा गाविसहरु क्रमशः
बाराह र नामेटार साक्षरता गाविस घोषणा भईसकेको छ भने हाल बाँकी ३८ वटा गाविस र तिन नगरपालिका रहेकाछन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ