२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा बाढीले बगाउँदा एक महिला घाईते, आर्थिक अभावले उपचारमा समस्या

२०७५, २४ असार आईतवार १६:५३

ताराबहादुर महत । असार २४, दोलखा । शनिबार विहान बर्षासँगै आएको बाढीमा परि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा एकजना घाईते हुनुको साथै लाखौं मुल्य बराबरको धनमाल क्षति भएको दोलखा प्रहरीले जनाएको छ ।


रातको करिब १ बजे अबिरल बर्षासँगै स्थानिय चौकी खोलामा आएको बाढीले बगाउँदा ५१ बर्षिय असरी तामाङ घाईते भएकी हुन । घरमा बाढी पसेपछि ज्यान बचाउन बाहिर निस्किन लाग्दा आफूलाई बाढीले बगाएर घरभन्दा केहि तल पु¥याएको र झाडीमा समातेर आफू बाँच्न सफल भएको दोलखा सामुदायिक हस्पिटलमा उपचाररत तामाङको भनाई छ । बाढीले बगाएपछि उनलाई परिवारका आफन्त र छिमेकीहरुले उद्धार गरी बचाएका थिए । उनको दायाँ हात भाँचिएको र दुईवटै गोडामा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ । बाढीले घरमा रहेको तीस हजार नगदसहित अन्नपात, लत्ताकपडा र एक तले अस्थायी टहरा पुर्ण रुपमा काम नलाग्ने  हुँदा एक लाख अस हजार रुपैँया बराबरको क्षति भएको दोलखाका प्र्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो । भएको नगद पनि बाढीले बगाउनु र परिवारको आर्थिक अवस्था कमजोर भएकोले आमाको उपचारमा अफ्ठ्यारो परेको असरीका छोरा धनबहादुर तामाङले दुखेसो गर्नुभयो । सहयोगका लागि कसलाई भन्नुपर्ने समेत आफूलाई जानकारी नभएको धनबहादुरको भनाई छ ।


भारी बर्षासँगै आएको बाढी चौकी बस्तीका अधिकांश घरमा पस्दा लाखौंको क्षति पु¥याएको छ । लत्ताकपडा, अन्नपात, भाडावर्तन लगायत गरी साङगे तामाङको ५० हजार, मिने तामाङको ६० हजार र छिरिङ तामाङ एक लाख रुपैँया बराबरको क्षति भएको प्रहरीको भनाई छ । पिडित परिवारलाई बिगु गाउँपालिकाको पहलमा खाद्यन्न, लत्ताकपडा, भाँडा वर्तन, त्रिपाल लगायतका राहत सामाग्री उपलब्ध गराईएको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय