२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा दुई युवा पक्राउ, तीन जनाको खोजी जारी

२५ असार २०७५, सोमबार १६:२४

असार २५, रसुवा | ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पुर्याएको आरोपमा दुई युवालाई रसुवा प्रहरीले आज पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।  

जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा लेखनाथ नगरपालिका–२६ बस्ने २४ वर्षीय सुरज दर्जी र कास्की जिल्ला पोखरा महानगरपालिका–६ धादिङ गाउँ बस्ने २४ वर्षीय समर परियार छन् । 

उनीहरुलाई चिनियाँ प्रहरीको समन्वयमा रसुवागढीबाट पक्राउ गरी दुवैलाई मानव बेचबिखन तथा ओसारपोसार र जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । उन्नाइसवर्षीय एक युवतीलाई रसुवावासी भएको नक्कली नागरिकता खडा गरी अध्यागमन कार्यालयबाट सीमा क्षेत्रका बासिन्दाका लागि प्रदान गरिने केरुङ सीमा अनुमतिपत्र समेत बनाएर यही असार ४ गते केरुङ पुर्याई डान्स हलमा यौनधन्दाको काममा लगाएको खुल्न आएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न पाँचमध्ये फरार अन्य तीन जनाको खोजी जारी रहेको बताइएको छ । सो समूहले गत जेठ ११ गते पोखराबाट युवतीलाई ललाइफकाई काठमाडाँै हुँदै रसुवाको स्याफ्रुमा पु¥याएर नक्कली नागरिकता तयार नहुन्जेल होटेलमा राखी पटक पटक चरम यौनशोषण गरेको बुझिन आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

अध्यागमन कार्यालय रसुवागढीले भने जेठको अन्तिम सातामा केरुङ जान पाउने सीमा अनुमतिपत्र जारी भएको र नक्कली वा सक्कली नागरिकता हो होइन भन्ने पहिचान गर्ने उपकरण नभएकाले याद राख्न नसकिएको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य