2026-08-25 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा सवारी दुर्घटनामा परि दुईको मृत्यु

असार २६, मोरङ | मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

बूढीगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा आज दिउँसो बसको ठक्करबाट एक साइकलयात्री वृद्धको मृत्यु भएको छ । विराटनगरबाट यात्रु लिएर उदयपुरतर्फ जाँदै गरेको ना५ख ५००८ नंको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका बूढीगंगा–३ का ६५ वर्षीय विर्खबहादुर कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएकामा उपचारका क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालक सप्तरीको सप्तकोसी नगरपालिका–१ का ५१ वर्षीय कुशुमलाल साहलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी, रतुवामाई नगरपालिका–५ मा आज ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । को२त ८११५ नंको ट्र्याक्टरले किचेर रतुवामाई नगरपालिका–५ बस्ने मनोज माझीको ४ वर्षीय छोरा बादल माझीको मृत्यु भएको हो । बाबुले खेत जोत्नका लागि ट्र्याक्टर लैजाने क्रममा सोही ट्र्याक्टरमा बसेका बादल अचानक तल खसेको र पछाडिको चक्काले किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घटनापश्चात् बाबु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग