Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

खाँडाचक्रको बजेट ४२ करोड: कृषि, पर्यटन र शिक्षा प्राथमिकतामा

By साझासवाल

असार २६, कालिकोट | कालिकोटको खाँडाचक्र नगरपालिकाले सवा ४२ करोडको बजेट सार्वजनिक गरेको छ । खाँडाचक्रको तेस्रो नगरसभामा उपप्रमुख विजया बिष्टले आगामी आर्थिक बर्षका लागि ४२ करोड २८ लाख ८५ हजार ५ सय ६५ रुपैयाँको सभामा पेस गरिकी छिन् । आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि नगरपालिकाले १५ करोड ५३ लाख ३० हजार, वित्तीय समानीकरण अनुदानको १२ करोड ३७ लाख र राजश्व बाँडफाट ६ करोड १० लाख रकम रुपैयाँ प्राप्त गरेको छ ।

नगरपालिकाले आन्तरिक राजश्वतर्फ ५० लाख, सामाजिक सुरक्षातर्फ ४ करोड ८० लाख, साना सिंचाई परियोजना तर्फ ३६ करोड ८१ लाख २९५ र युनिसेफको सशर्त कार्यक्रमतर्फ ५६ लाख ४९ हजार २७० बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ १३ लाख ७८ हजार र नगरपालिकाको २०७४/०७५ को बजेटबाट एक करोड ३७ लाख ८ हजार नगरपालिकाको आम्दानी हुने अनुमान गरिएको नगरपालिका उपप्रमुख बिजया बिष्टले बताइन्।

खाँडाचक्र नगरपालिकाले आगामी आर्थिक बर्षका लागि कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता दिएको छ । नगरपालिकाले आर्थिक विकासका लागि कृषिमा अर्गानिक उत्पादन बढाउन ७५ प्रतिशत अनुदानमा प्राङगारिक मल कारखाना स्थापना गर्ने, आगामी ५ बर्षभित्र सबै खेतीयोग्य जमिनमा सिँचाई सुविधा पु¥याउने तथा ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कृषि फर्महरु स्थापना गर्न आकर्षित गरिने निति लिएको छ । त्यसैगरी स्थानीय उत्पादनहरुको बजारीकरणका लागि संकलन केन्द्र स्थापना तथा कृषि सडक निर्माणमा जोड दिने कार्यक्रम नगरको प्राथमिकतामा परेका छन् ।

कर्णालीको पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जैविक विविधताको संरक्षण गर्ने, पिलिलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, पर्यटक बिशेष सुरक्षा नीति र कोशेली घर सञ्चालन गर्ने कार्यक्रम पनि नगरपालिकाको प्राथमिकतामा छन् । नगरपालिकामा जडिबुटी उद्योगको स्थापना, सहकारीहरुलाई व्यवस्थित बनाई सहकारी क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम खाँडाचक्रको निती तथा कार्यक्रममा उल्लेख छ ।

विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी, आवश्यक भौतिक पुर्वाधारको व्यवस्था गरी गुणस्तरीय शिक्षामा जोड दिने, हरेक विद्यालयमा बालमैत्री, अपाङ्गतामैत्री, छात्र छात्रामैत्री शौचालय निर्माणको कार्यृक्रम पनि नगरपालिकाले बनाएको छ ।