२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

ऐसेलुखर्क गाउँपालिकाको बजेट साँढे २८ करोड

२०७५, २७ असार बुधबार ११:५६

चिसाङ शेर्पा/असार÷२७, खोटाङ | ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि २८ करोड ५६ लाख, ८ हजार, ९ सय ८७ रुपैयाँ बजेट बिनियोजन गरेको छ । सडक, विधुत, स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार प्रविधिलाई पहिलो प्राथमिकतामा राखी ऐसेलुखर्कस्थित त्रिभुवन माविको सभाहलमा बुधबार ऐसेलुखर्क गाउँपालिकाका उपप्रमुख पुष्पकला भुजेलले बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकासभाले शशर्त अनुदानतर्फ १३ करोड ७० लाख, चालु खर्चतर्फ ४ करोड ५१ लाख ४५ हजार, ५ सय, वडा स्तरमा सञ्चालन हुने पुंजीगततर्फ  ५ करोड ४३ लाख ५० हजार र गाउँपालिका स्तरमा सञ्चालन हुने पुंजीगततर्फ ४ करोड ९१ लाख १३ हजार ४ सय ८७ रुपैयाँ बजेट बिनियोजन गरेको छ । गुणस्तरीय सेवा प्रवाह र शुसासनलाई प्राथमिकता दिंदै गाउँपालिकाले सडकमा ५ करोडमाथि, विधुतमा १ करोडमाथि, स्वास्थ्यमा करीव ५० लाख, शिक्षामा ५२ लाख र सुचना तथा सञ्चार प्रविधिमा १५ लाख बजेट छुट्याइएको ऐसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बताए । 

गाउँपालिकाको वडा नम्बर १ राखाबाङदेलमा रहेको बाहाने पोखरी, वडा नं. २ वाकाचोलमा अवस्थित देउराली पाखेरी, वडा नम्बर ७ माक्पामा रहेको माकिपा मन्दिर र वडा नम्बर ४ जलेश्वरीमा अवस्थित दखमलुडाडाँलाई थप व्यवस्थितगरी पर्यटन प्रर्वद्धनका निम्ति ३० लाख खेलकुदमा १५ लाख र कृषिका लागि आधा करोड बजेट बिनियोजन गरिएको जनाइएको छ । सात वडा रहेको गाउँपालिकाको समपुरक कोष(म्याचिङ फण्ट)मा ७० लाख रकम छुट्याइएको छ । महिला लक्षित कार्यक्रममा २० लाख रकम बिनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा