कृष्ण कँडेल । नेपाल सरकारले स्थानिय निकायमा दिने अनुदान बजेटबाट सञ्चालन गरिने योजनाको छनोट, योजनामा बजेट विनियोजन र जिल्ला विकाश समिति तथा केन्द्रियमा बजेट माग गर्ने योजनामा प्राथमिकता सहित छनोट गर्न गाउँ परिषद् भईरहेका छन् । बागलुङको मध्यमागमा पर्ने गलकोट क्षेत्रका पनि अधिकांश गाविसमा गाउँ परिषद् सकिएका छन् भने बाँकी गाविसमा हुने क्रममा छन् । नेपालको बर्तमान संरचना अनुसार सवैभन्दा तल्लो तहको स्थानिय निकाय गाविसमा हुने परिषद्मा गत बर्ष सञ्चलित योजना तथा कार्यसम्पादनको समिक्षा र चालु आर्थिक बर्षमा अनुदान बजेटबाट सञ्चालन गरिने योजनामा बजेट विनियोजन र आगामी बर्षका लागि योजना प्रश्ताव गरिन्छ । गलकोटका १२ ओटा गाविस मध्य अहिलेसम्म अमरभुमि, अर्गल, हिल, तारा, रिघा, काँडेवास, दुदिलाभाटी, हटिया, हरिचौर र पाण्डवखानी गाविसका परिषद् भईसकेका छन् । मल्म र नरेठाँटीमा गाउँ परिषद् हुँदैछन् ।
मैले यस पटकको २४ औँ गाउँ परिषद्को क्रमम हटिया र हरिचौर गाविसमा पुरै नभई आशिंक रुपमा बस्ने मौका पाएँ । हटिया गाविसको परिषद् पुस २४ गते शुक्रबार भयो भने हरिचौरको पुस २५ गते शनिवार र २६ गते आईतवार भयो । मैले यहाँ गाउँ परषद्मा बस्दा गत बर्षको समिक्षा र चालु बर्षका लागि योजना तथा बजेट प्रश्तावमा मैले अनुभव गरेका केहि कुरा लेख्ने प्रयास यहाँ गरेको छु । यस पटक हटिया गाविसको गाउँ परिषद् एकै दिनमा सकियो भने हरिचौर गाविसमा २ दिन लाग्यो । हटिया गाविस गत बर्षको न्युनतम शर्तमापनमा पास भएका कारण बजेट आधा भन्दा धेरै बढेर आएको देखियो ।
गाविस पास भएको र बजेट बढेकोमा गाविस सचिव, राजनैतिक दलका प्रतिनिधि र सरोकारवालाको अनुहारमा खुसीको रेखा देखिन्थ्यो हटियामा । हटियाको परिषद्मा बस्दा मैले यो कुरापनि थप स्पष्ट भएँकी गाविसमा लक्षित बर्ग अन्तरगत पर्ने सवैजसो पक्ष रहेछन् । जस्तो महिला, दलित, वालवालिका, जनजाती, अपाङ्ता भएका त अधिकांश गाविसमा छन् नै तर जनजातीमा नेवार र मगर, मुस्लीम आदी । त्यसैले लक्षित बर्गको बजेट धेरै भाग लगाउनुपर्ने देखियो । अर्को कुरा हटिया सडक र केन्द्रका रुपमा पनि रहेकाले यहाँ बहुमुखी क्यम्पस, संस्कृत विद्यालय, बह्मकुमारी ईश्वरीय विश्वविद्यालय, बजारिकारणका कारण बजारको फोहोरमैला व्यवस्थापन, नाली व्यवस्थापन जस्ता अरु गाविसमा नभएका पक्ष हुँदा बजेट पनि सवैतिर पुर्याउनुपर्ने बाध्यता देखियो । बजेट बाँडफाँड गर्ने क्रममा मानविय आवश्यकता र समस्या धेरै हुन भएकाले पनि सवैपक्षलाई आ–आफ्नै योजना र क्षेत्रम बजेट पार्ने कसरत हुनु त स्वभाविकै रहने भयो । सवैतिर यस्तै हुने गर्छ । परिषद् सम्पन्न गर्न गाविस सचिव कुलराज पौडेलले गरेको सहजिकारण, परिषद् कार्यक्रमको प्रारुप र बजेट विनियोजनको क्रममा अपनाएको रणनिती निकै चुस्ता र सालिन लाग्यो । उहाँको व्यक्तिगत अनुभव र कार्यक्षेमतालाई मैले तुलनात्मक रुपमा अब्बल नै माने । उहाँले गत बर्षको समिक्षामा पनि चुस्ता रुपमा विवरण राख्नुभयो । परिषद्का क्रममा विवाद हुने, छलफल लम्विने र विषयान्तर भई समय अनावश्यक कुराम खर्च हुने कुरामा सचिव निकै चनाखो र सजग रहेको देखेँ ।
गत बर्षको समिक्षा सहित शुभकामना दिन मञ्चमा पुगेका राजनैतिक अगुवाले गाविसमा बजेट छुट्याउनुपर्ने धेरै क्षेत्र भएको र गलकोटका अरु गाविस भन्दा फरक विशेषता भएको गाविस हटिया हो भन्ने कुरा सवै बक्ताले दोहोर्याए । अरु गाविसमा क्याम्पस छैन, ईश्वरिय विश्वविद्यालय छैन, मुस्लीमहरु विरल्लै छन्, जनजातीमा नेवार, मगर कमै गाविसमा होलान् भन्ने कुरा उनिहरुले गरेका थिए । बक्ताहरुले यो कुरामा पनि जोड दिएकी बागलुङ सदरमुकाम पछिको दोस्रो बजार हटिया हो । ब्यापारिक केन्द्र हो भन्ने तर्कपनि उनिहरुले गरे । यो सँगसँगै हटिया बजार अव्यवस्थीत भएकोमा सवैको चिन्त देखियो । फोहोर व्यवस्थापन र ढल निकाश अव्यवस्थीत भएको कुरा उठ्यो ।
परिषद्मा नेपाली काग्रेश सभापती रामबहादुर खत्री, एमालेका अध्यक्ष सन्तबहादुर पन्त, एकीकृत नेकपा माओवादीका अध्यक्ष चित्र साहनी, राजमोका पदम श्रेष्ठ र नेकपा क्रन्तिकारी माओवादीका खिम साहनीले दलको तर्फदेखि समिक्षा र शुभकामना राखेका थिए । परिषद् गलकोट बहुमुखि क्यम्पसको स्मृति हलमा भएको थियो । परिषद् कम समय र एकै दिनमा सकियो । राजनैतिक दल, लक्षित बर्ग तथा सरोकारवालाले आफु नजिकको र आफु रहेको क्षेत्रको योजना छानोटमा पार्न तथा बजेट आफ्नो पक्षमा पर्न कसरत गरे तर प्राविधिक कुराम आरोप प्रत्यारोप भएन । न्युनतम शर्तमापनमा पास भएका कारण बजेट बढेको थियो । गतबर्षको तुलनाम दोब्वर बजेट बाँड्न पाउँदा आफ्नो क्षेत्र र योजनामा सरोकार पक्षले राहात ठानेको महसुस गर्न सकिन्थ्यो ।
गाविसको परिषद् सञ्चालनको कार्यविधि कस्तो छ ? मलाई कनुनी कुरा थाहा छैन तर मैले हटिया गाविसको परिषद् निकै भद्र रुपमा भएको महसुस गरेँ । गाविस सचिव, दलका प्रतिनिधि, लक्षित समुदायका प्रतिनिधि लगायत सरोकार पक्षले गरेको सवाल जवाफ पनि विषय केन्द्रित भएको मैले महसुस गरेँ । परिषद्मा हुने गतिविधि र छलफललाई उदेश्यमुलक बनाउन सचिवको भुमिका तथा रणनिति तुलनात्मक रुपमा धेरै राम्रो लाग्यो । विषयान्तर हुन खोज्दा सचिवले तुरुन्तै विषय तिर ध्यानाकर्षण गराउनुभएको थियो । म पुरै सम्म त बस्न पाईन तर लक्षित बर्गको बजेट वाँडफाँड सम्म बसेँ ।
त्यतीन्जेलसम्म मैले सोच्न भ्याएको एउटा कुरा चाहिँ यहाँ भन्छु । हटिया गाविसलाई दुई साता पहिल पुर्ण साक्षर घोषणाा गरिएको थियो । त्यसमा डेढ लाखभन्दा बढी झण्डै २ लाख खर्च लागेको कुरा आयो । त्यो खर्च गाविसको बजेटबाबट विनियोजन गरियो । त्यसमा लक्षित तर्फ कृषि, महिला, जनजाती, वालवालिका, अपाङताबाट थोरै–थोरै गरेर निर्देशिका विपरित बजेट निकालि पुर्ण साक्षर घोषणाको खर्च निकालियो । यसमा बालवालिका तर्फको बजेट धेरै निकालिएकोमा ध्यानाकर्षण गर्दै एकजनाले (सयद उहाँ शिक्षक हुनुपर्छ) बालबालिका लगानी गर्नुपर्ने महत्वपुर्ण क्षेत्र हो भन्दै उनिहरुको खुट्टा किन धेरै काटियो ? भनेर प्रश्न गर्नुभएको थियो । गाउँ परिषद्मा विताएको त्यो थोरै अनुभव र मेरो छोटो समयको अध्ययनले यो निष्कर्ष निकालेको हुँ । यसमा मैले गरेको विश्लेषणका सिमाहरु पक्कै हुनसक्छन् । त्यो कुरामा थप सोच्ने र निष्कर्षमा पुग्ने जिम्मा मैले पाठकलाई नै छोडेँ ।
मैले हटिया गाविसको अनुभव राखेपछि हरिचौर तर्फ लाग्छु । हरिचौर गाविस न्युनतम शर्तमापनमा लगातार ३ बर्षदेखि फेल भएकोमा गाविस सचिव, राजनैतिक दल, लक्षित बर्ग तथा सम्पुर्ण सरोकारवालामा गम्भिर चिन्ता र बेचैनी देखिन्थ्यो । उनिहरुमा यसप्रति तिब्र आक्रोश र अपत्ति पनि थियो । गाउँ परिषद्को उद्घाटनको समयमा म नेकपा क्रान्तिकारी माओवादीका कृष्ण पाण्डे र राष्ट्रिय जनमोर्चाका अमर खत्रीले शुभकामना मन्तव्य राखिसकेपछि पुगेको थिएँ । उहाँहरु दुवै जनाको कुरा मैले सुन्न पाईन । ओम शिव शक्ति कल्याणी आश्रमको बहिरी परिसरमा भएको परिषद्मा म पुग्दा नपुग्दै एकीकृत नेकपा माओवादीका ललित श्रीसको बोल्ने पालो परेको थियो । स्थानिय निकायमा जनप्रतिनिधि नभएका कारण धेरै समस्या परेको भन्दै गाविसमा राष्ट्रिय संक्रमणको प्रभाव परेको तर्क गर्नुभयो । आफुहरु दलका प्रतिनिधि भएपनि गाविसको आधिकारिक पक्ष नभएका कारण जिम्मेवार हुन नसकेको बताउनुभयो । उहाँले सालिन रुपमा आफ्नो मन्तव्य राख्नुभएको थियो । गाविस फेल भएको र बजेट घटेकोमा उहाँको चिन्ता देखिन्थ्यो । श्रीसले बजेट कम भएका कारण योजना छनोट गर्दा पनि कम नै बजेट पर्ने बताउनुभयो ।
त्यपछि वडा नागरिक मञ्चका प्रनिनिधि टिकाराम कँडेलले विचमा आपत्ति जनाउनुभयो । कँडेलले कार्यक्रमको प्ररुप उल्टो भएको भन्दै पहिले सचिवले गत बर्षको समिक्षाको प्रतिवेदन पेश गरेपछि दलका प्रतिनिधिलाई बोल्न दिनुपर्नेमा पार्टिको आम सभा जसरी मन्तव्य राख्न दिनु ठिक नभएको तर्क प्रश्तुत गर्नुभयो । त्यसमा नेपाली काग्रेशका प्रेम ढकाल र नेकपा क्रन्तिकारी माओवादीका कृष्ण पण्डेलेपनि सुरुमा टिकाराम कँडेलले गरेको तर्कलाई समर्थन गदै आपत्ति रहेकोमा एैक्यबद्धता ब्यक्त गर्नुभयो । यो विषयमा जनजाती प्रनिधिनी योगेश भण्डारीले परिषद् उद्घाटनका क्रममा दलका प्रतिनिधिलाई शुभकामना मन्तव्य राख्न दिईएको भन्दै उल्टो नभएको बताएपछि टिकाराम कँडेलले पैले हाम्रो कुरा राख्न दिनुस् तपाईले स्पष्टिकरण दिने होईन भनेपछि विवाद झन् उत्कर्षतिर पुगेको थियो । कँडेलले समिक्षा प्रतिवेदन नपाएपछि के को बरेमा बोल्ने ? भनेर प्रश्न गर्नुभएको थियो । त्यसपछि कँडेल र जनताती प्रतिनिधि भण्डारी विच चर्काचर्की पर्यो । त्यसविच माओवादी प्रतिनिधि ललित श्रीसले भण्डारीलाई समर्थन गर्दै उद्घाटन कार्यक्रमको शुभकामना मात्र भएकाले समिक्षा प्रतिवेदन बन्द शत्रमा आउने तर्क गर्नुभयो । यति भईसकेपछि चर्चाचर्कि थप चुलियो र क–कस्ले के बोले भन्ने बुझ्न सकिएन ।
विवाद उत्कर्षमा पुगेका वेला गाविस सचिव माधवप्रसाद शर्माले कमजोरी भएको भए क्षमा चाहान्छु, हामीले नै हो परिषद् सम्पन्न गर्ने, जे भयो, अघि बढौँ । यहीँ छलफल गरेरै कार्यक्रम तलिका बनाईएको हो । मैले गत बर्षको समिक्षा पछि प्रश्तुत गर्छु भनेपछि स्थिति सहज भई पुर्ववत शुभकामना मन्तव्य राख्ने क्रममा फर्किएको थियो । मन्तव्यको त्यसपछि एमालेका प्रनिनिधि भिम श्रीसले मन्तव्य राख्नुभएको थियो । उहाँले पनि गाविस फेल भएको कुरासँगै एक छिन पहिले भएको बद्विवादलाई कहिँ नभएको जात्रा हाँडि गाउँमा भन्दै व्यङ्ग्य गर्नुभयो । हामी आफै किचलो गरिरहेका छौँ अनि कसरी हुन्छ गाविसको प्रगती ? भन्ने प्रश्न गर्नुभएको थियो । उहाँले गत बर्ष गठन भएको अनुगमन समितिले अनुगमन नै नगरेको बताउनुभयो ।
त्यपछि आफ्नो तर्फबाट शुभकामना राख्नुभएको कागे्रशका प्रेम ढकालले कार्यक्रमा त्रुटि भएको भन्दै त्यो मिलाउनुपथ्र्यो भन्नुभयो । उहाँले पनि गाविस असफल भएकोमा किन असफल भयो ? हामीले के कुरा गर्न सकेनौँ ? त्यो खोज्नुपर्छ । त्यो भएको छैन । उहाँले हरिचौर गाविस यस अघि नमुना रहेको भन्दै सचिव, दलका प्रतिनिधि तथा सरोकारवालाले आ–आफ्नो कमजोरी समिक्षा गरि सच्चीएर अघि बढ्दै गाविसलाई सफल बनाउनुपर्ने बताउनुभयो । ढकालपछि बोल्नु भएका दलित प्रतिनिधि सञ्जय नेपालीले गाविस फेल भएकोमा सरोकारवाला जिम्मेवार नभएको तर्क गर्नुभयो । उहाँले गाविस फेल हुनुको कारण माग गर्नुभयो ।
त्यसपछि बोल्ने पालो आयो–जनजाती प्रतिनिधि योगेश भण्डारीको । उहाँले पनि गाविस फेल भएको विषय उठाउँदै लक्षित बजेट लक्षित क्षेत्रमै खर्च भएको भन्दै बजेट बिनियोजनका कारण नभएको बताउनुभयो । उहाँले गाविस फेल हुनुको कारण अरु केहि नभई सवै टाँठा बाठा भएको र खुट्टा तन्ने प्रवृत्तिले गाविस फेल भएको दावि गर्नुभयो । उहाँको संकेत त्यसअघि भएको चर्चाचर्किप्रती नै थियो । त्यसपछि भण्डारीले झुट्टा तान्ने प्रवृत्ति उहाँकै शब्दमा ‘लेग पुलिङ गेम’ का कारण फेल भएको भन्नुभयो । भण्डारीले थप्नुभयो–‘तपाईले भर्खरै देख्नुभयो, सिष्टममा कार्यक्रम गर्न खोज्दा बुझ्नु भएन वा बुझेरपनि वुझ पचाउनुभयो ।’ भण्डारीले अगाडी थप्नुभयो–‘हामी आफ्नो कमजोरी देख्दैनौँ, अर्काले कहाँ गल्ती गर्ला र पछारौँला भनेर बस्छौ, यि यस्तै यस्तै प्रवृत्तिले गाविस फेल भएको हो ।’ भण्डारीले एक अर्काको अस्तित्व नस्विर्कादासम्म सामाजिक सुरक्षा भत्ता समयमै बाँडेपनि, भिलेज प्रोफाईल तयार गरेपनि नगरेपनि गाविस फेल भईरहने जिकिर गर्नुभयो । त्यसपछि अपाङ्ताको तर्फबाट पित्तम कालाले आफ्नो शुभकामना राख्नुभयो ।
अब बोल्ने पालो आयो वडा नागरिक मञ्चका टिकारमक कँडेलको । कँडेल यसअघि भएको विवादकै विषयमा आफ्नो भनाई केन्द्रित गर्नुभयो । उहाँले भन्नुभयो–‘हरिचौर गाउँ विकास समितिको लालपुर्जा कसैको हात छैन, गाविस मेरो हातमा छ भन्ने दम्भ कसैले देखाउन नखोजे हुन्छ ।’ कँडेलले थप्नुभयो–‘मैले आफ्नो मनमा लागेका कुरा राख्दा गाविस फेल भएको हो भन्ने कुरा आयो, कसैले आफ्नो भनाई राख्दैमा गाविस न्युनतम शर्तमापनमा फेल हुन्छ भन्ने ठान्नुहुन्छ भने मेरो फेरी पनि नियम आपत्ति छ ।’ कँडेलले गणतान्त्रीक मुलुकमा आफुले सवैलाई बोल्न पाउने स्वतन्त्र अधिकार भएको भन्दै फलानाले यस्तो बोलेका कारण गाविस फेल भएको हो भन्ने प्रमाण छ भने परिषद्मा पेश गरे हुन्छ भन्नुभयो । उहाँले आफुले पहिले गत बर्षको समिक्षा राखेको भए सवैका विच छलफल गर्न सकिने र मन्तव्यका क्रममा पनि त्यस बारेमा बोल्न सकिने भएकाले आफ्नो विचार मात्र राखेको बताउनुभयो । उहाँले निष्चित सुचक पुरा गर्न नसकेर गाविस फेल भएको दोष निष्चित व्यक्तिलाई लगाउन नहुने बताउनुभयो ।
महिला प्रतिनिधि भगवती मल्लले विवाद भएकोमा दुख लागेको बताउनुभयो । महिलाको क्षेत्रमा बिनियोजित बजेटले विभिन्न कार्यक्रम गरिएको र दुरुपयोग नभएको बताउनुभयो । उहाँले गाविस फेल हुनुको सत्यतथ्य के हो ? त्यो हामीलाई चाहियो भन्दै त्यहि कुरामा चिन्त व्यक्त गर्नुभयो । शुभकामना मन्तब्यको अन्तमा पृथ्वी उमाविका प्रअ बद्रिप्रसाद ढकालले आफ्नो भनाई राख्नुभएको थियो । उहाँले भन्नुभयो–‘मानिसले रहेक क्षेण सिक्ने कोसि ग्र्छ र सिकेको हुन्छ र आज पनि परिषद्मा भएका हामी सवैले धेरै कुरा सिक्यौ, अझैपनि हरिचौर गाउँ विकास समितिमा रहेका हामी वुद्धिजीवी भन्नेहरुले धेरे कुराहरु सिक्न बाँकी रैछ ।’ ढकालले बजेट सिलिङ अनुसार योजना नबनाउँदा वडास्तरका योजनामा वजेट निवियोजन र कार्यान्वयनमा जटिलता भएको बताउनुभयो । उहाँले निर्देशिकाले तोके अनुसार र गाविसमा आउने बजेट भित्र अटाउने योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसपछि गाविस सचिव शर्माले गत बर्ष बजेट छुट्याईएका योजना र बजेट रकमको विवरण पेश गर्नुभयो । मलाई लागेको थियो । गाविस न्युनतम शर्तमापनमा फेल किन भयो ? यसमा पुरा गर्नुपर्ने सुचक के के छन् ? भन्ने कुरा सचिवले त्यहाँ प्रश्तुत गर्नुहोला र पुरा गर्न नसकेका सुचक आगामि बर्ष पुरा गरि गाविसलाई पास गराउने तर्फ छलफल केन्द्रित होला त्यो हुन सकेन । बोल्ने क्रममा सवैको चिन्ता गाविस किन फेल भयो भन्नेमा थियो । तर खास गाविस किन फेल भयो भन्ने कुराको जवाफ कतैबाट आएन । मलाई लाग्छ त्यो सचिवले दिनुपथ्र्यो । पछि म आफैले समय मागेर सवैको चिन्त गाविस फेल भएकोमा छ तर त्यहि विषयमा गम्भिर छलफल गरि चलुवर्षमा पास गराउने तर्फ सवैको ध्यान केन्द्रित हुनुपर्ने थियो त्यो भएन भनेर मैले विषय राखेँ । त्यसपछि यो विषयमा भद्रगोल छलफल भयो सचिवले पनि मौखिक रुपमा सामन्यतय यि यि हुन् सुचक भनेर भन्नुभयो तर ठोस निष्कर्ष आएको मैले महसुस गरिन । गाविस सचिवको कार्यकुसलता र राजनैतिक दलको वियषयान्तर चर्काचर्किको विषयमा मैले अलि गम्भिर भएर सोच्ने मौका पाएँ मैले त्यहाँ । राजनैतिक दल र सरोकारवाला पक्षविच विषय केन्द्रित छलफल हुनुपथ्र्यो र त्यसलाई सहि बाटोमा ल्याउन सचिवको भुमिका पनि त्यहाँ अलि प्रभावकारी हुनुपथ्र्यो भन्ने मेरो बुझाई छ ।
त्यसपछि उद्घाटन कार्यक्रम सकेर बन्द सत्रमा लागियो । गाउँ परिषद्को वन्द सत्र हुन्छ हुँदैन मलाई थाहा छैन । त्यहाँ बन्द सत्र नै भनिएको थियो । बन्द सत्रमा विभिन्न योजनामा छुट्याईएको बजेटको समिक्षा सम्वन्धित उपभोक्ता समिति तथा लक्षित बर्ग अन्तरगतगत विषयगत समितिले प्रश्तुत गरे । त्यसपछि पहिलो दिनको कार्यक्रम सकाईयो । हरिचौरको गाउँपरिषद्मा म यत्ति वसेँ । त्यसपछि भोलीपल्ट आईतवार भएको गाउँ परिषद्ले बजेट विनियोजन गर्यो ।