२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

अवरुद्ध राजमार्ग खुल्यो

२८ असार २०७५, बिहीबार ०७:३०

असार २८, बनेपा | बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालन भएको छ । 

बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अवरुद्ध भएको अरनिको र बिपी राजमार्ग दुवै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । 

यसैबीच, नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित खानेपानीको काम गरिरहेका रोशी खोलाको बीचमा परेको दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सी र दाप्चाका लागि लिफ्टिङ खानेपानी आयोजनामा खोलामा इनार खनिरहेका डोजर अपरेटर नमोबुद्ध नगरपालिका–७ दाप्चाका नारायणगोपाल श्रेष्ठ र सहचालक धुलिखेल नगरपालिका–२ का कान्छा तामाङलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुवै जना खोलामा काम गरिरहेको अवस्थामा एक्कासि खोला बढेर दुवै तर्फबाट बाढी पसेपछि बीचको अग्लो ढुंगामा बसिरहेको अवस्थामा दुवैजनाको उद्धार गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो