Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

झापामा पानीमा डुबेर अढाइ वर्षीया बालिकाको मृत्यु

By kit 2 मिनेट पढाइ

<p><b>असार २८ झापा | </b>झापामा अढाइ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –१ निवासी राजु तामाङकी अढाइ वर्षीया छोरी रोविका तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।&nbsp;<br></p><p>चारआली–केचना सडकखण्डअन्तर्गत हिमाली चोकमा नालामा जमेको पानीमा बालिका बुधबार साँझ डुबेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।&nbsp;</p><p>पानीमा डुबेर बेहोस अवस्था भेटिएकी बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस</p>