2026-10-15 09:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

अवैधानिक रुपमा सञ्चालित दुईवटा मेनपावरमा शिलबन्दी

असार २८, झापा | बिर्तामोडमा सञ्चालित मेनपावारहरुमा छापा मारिएको छ । जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रहरी प्रशासनसहितको अनुगमनमा अवैधानिक रुपमा सञ्चालित दुईवटा मेनपावरमा शिलबन्दी गरिएको छ ।

पहिलो चरण अन्तर्गत गरिएको अनुगमनमा बिर्तामोडका दिपक खड्काद्वारा सञ्चालित एमडी ओभर्सीज तथा पुण्य खरेलद्वारा सञ्चालित कोशी इनटरनेश्नल ओभर्सीजमा शिलबन्दी गरिएको हो । कार्यालयको बोर्डबाहेक केही पनि कागजपत्र नपाइएपछि तालाबन्दी गर्नुपरेको जनाइएको छ ।

 गैरकानुनी ढंगले ठूलो संख्यामा मेनपावर व्यवसाय सञ्चालनमा रहेको गुनासो आएपछि अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । जिल्ला समन्वय समिति अन्तर्गत रहेको जिल्ला सुरक्षित आप्रावासन समितिको बैठकको निर्णयअनुसार अनुगमन गरिएको उनले बताए ।

‘वैदेशिक रोजगारीसम्बन्धी ठगी र उजुरीहरु अत्यन्तै पीडादायक देखियो,’ सुरक्षित आप्रवासन सामी परियोजना झापाका कार्यक्रम संयोजक हरिप्रसाद मैनालीले भने, ‘को कानुनसम्मत छ, को गैरकानुनी छ, त्यति मात्रै हेर्ने निर्णय गरेर निस्किएका थियौँ, त्यसक्रममा दुईवटा चाहिँ गलत भेट्टाएर स्थानीय तहले तालाबन्दी नै गर्नुप-यो ।’

जिसस प्रमुख पोर्तेलका अनुसार झापामा ४० वटा मेनपावारका एजेण्ट तथा १२ वटा शाखा कार्यालयहरु अनुमती लिएर सञ्चालनमा रहेका छन् । वैधानीक तरिकाले सञ्चालित एजेण्ट तथा शाखाहरुले कानुनी प्रक्रिया पु-याएर काम गरे/नगरेको अनुगमन गरेर कारवाही गरिने पोर्तेलले जानकारी दिए ।

जिसस प्रमुख पोर्तेलसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, बिर्तामोडकी उपमेयर पवित्रा महतारा प्रसाई, बिर्तामोड-१ का वडाध्यक्ष अग्नि पाण्डे, प्रहरी प्रशासन, सञ्चारकर्मी लगायतको रोहवरमा अनुगमन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु