२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

अवैधानिक रुपमा सञ्चालित दुईवटा मेनपावरमा शिलबन्दी

२८ असार २०७५, बिहीबार १७:१५

असार २८, झापा | बिर्तामोडमा सञ्चालित मेनपावारहरुमा छापा मारिएको छ । जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रहरी प्रशासनसहितको अनुगमनमा अवैधानिक रुपमा सञ्चालित दुईवटा मेनपावरमा शिलबन्दी गरिएको छ ।

पहिलो चरण अन्तर्गत गरिएको अनुगमनमा बिर्तामोडका दिपक खड्काद्वारा सञ्चालित एमडी ओभर्सीज तथा पुण्य खरेलद्वारा सञ्चालित कोशी इनटरनेश्नल ओभर्सीजमा शिलबन्दी गरिएको हो । कार्यालयको बोर्डबाहेक केही पनि कागजपत्र नपाइएपछि तालाबन्दी गर्नुपरेको जनाइएको छ ।

 गैरकानुनी ढंगले ठूलो संख्यामा मेनपावर व्यवसाय सञ्चालनमा रहेको गुनासो आएपछि अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । जिल्ला समन्वय समिति अन्तर्गत रहेको जिल्ला सुरक्षित आप्रावासन समितिको बैठकको निर्णयअनुसार अनुगमन गरिएको उनले बताए ।

‘वैदेशिक रोजगारीसम्बन्धी ठगी र उजुरीहरु अत्यन्तै पीडादायक देखियो,’ सुरक्षित आप्रवासन सामी परियोजना झापाका कार्यक्रम संयोजक हरिप्रसाद मैनालीले भने, ‘को कानुनसम्मत छ, को गैरकानुनी छ, त्यति मात्रै हेर्ने निर्णय गरेर निस्किएका थियौँ, त्यसक्रममा दुईवटा चाहिँ गलत भेट्टाएर स्थानीय तहले तालाबन्दी नै गर्नुप-यो ।’

जिसस प्रमुख पोर्तेलका अनुसार झापामा ४० वटा मेनपावारका एजेण्ट तथा १२ वटा शाखा कार्यालयहरु अनुमती लिएर सञ्चालनमा रहेका छन् । वैधानीक तरिकाले सञ्चालित एजेण्ट तथा शाखाहरुले कानुनी प्रक्रिया पु-याएर काम गरे/नगरेको अनुगमन गरेर कारवाही गरिने पोर्तेलले जानकारी दिए ।

जिसस प्रमुख पोर्तेलसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, बिर्तामोडकी उपमेयर पवित्रा महतारा प्रसाई, बिर्तामोड-१ का वडाध्यक्ष अग्नि पाण्डे, प्रहरी प्रशासन, सञ्चारकर्मी लगायतको रोहवरमा अनुगमन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य