२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा आलु भण्डारणका लागि भवन निर्माण

२९ असार २०७५, शुक्रबार ०७:३७

असार २९, म्याग्दी | धवलागिरि गाउँपालिका–२ मरेनीमा आलुको बीउ भण्डारण गर्न भवन निर्माण गरिएको छ । 

रु सात लाखको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवनमा दश मेट्रिक टन बीउ आलु भण्डारण गर्न सकिने गाउँपालिकाका कृषि शाखा प्रमुख योगन्द्र राईले जानकारी दिनुभयो । 

जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ६१ हजार, गाउँपालिकाको रु दुई लाख र कृषकको रु दुई लाख ४२ हजार लगानीमा भवन निर्माण गरिएको हो । गाउँपालिकाको सहयोगमा फर्निचर र र्याकको व्यवस्था गरिएको छ । 

“गाउँपालिकाका लागि आवश्यक आलुको बीउ भण्डारण गरेर कृषकलाई उपलब्ध गराइनेछ,” गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भन्नुभयो । गाउँपालिकाले वडा नं २ लाई ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आलुखेतीका लागि छनोट गरेको छ । 

आलुको बीउ भण्डारण गर्न नसकेका मरेनीका कृषक बीउका लागि सदरमुकाम बेनी र ढोरपाटन क्षेत्र धाउँदै आएका थिए । अब गाउँमै भण्डारण गर्न सकिने भएपछि बीउ खोज्न अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य