३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

आज साँझदेखि उदयपुर सिमेन्ट उद्योग सञ्चालन हुने

२६ चैत्र २०७२, शुक्रबार ००:३२

चैत २६, उदयपुर ।
उदयपुरको जलजलेस्थित उद्योगको प्लान्ट मेसिनको दाँती बिग्रेका कारण २५ दिनदेखि सिमेन्ट उत्पादन गर्न
बन्द हुँदै आएको उदयपुर सिमेन्ट उद्योग आज साँझदेखि सञ्चालन हुने भएको छ ।

उद्योगको प्लान्ट मेसिनको दाँतीलाई तत्काल भारतमा लगेर मर्मत गरेर ल्याएपछि केही महिनाका लागि
उद्योग सञ्चालन हुन सहज भएको कुरा उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताए । बिग्रेको मेसिनको दाँती
मर्मत गरेर ल्याई परीक्षणसमेत गरिएको कारण अब आजदेखि उद्योग सञ्चालन भई सिमेन्ट उत्पादन सुरु हुने कुरा
उद्योग प्रशासनका प्रमुख पौडेलले बताए ।

नयाँ मेसिन खरिद गर्नका
लागि जापानबाट पनि टेन्डर खुलाएर काम अगाडि बढाइएको कुरा उद्योग प्रशासनले जनाएको छ ।

करिब दुई महिनासम्ममा जापानबाट अर्को नयाँ मेसिनसमेत आइपुग्ने भएको कारण पनि
तत्काल बिग्रेको मेसिन मर्मत गरेर काम चलाउ गर्न सकिने भएको कारण उद्योग सञ्चालन सुरु हुन लागेको
उद्योगले बताएको छ ।

उद्योग बन्द हुँदा दैनिक एक करोड रुपैयाँ
बराबरको सिमेन्ट उत्पादनमा घाटा हुने गरेको उद्योग प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली