Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विप्लब निकट विद्यार्थी सगठनले अर्घाखाँची टेक्निकल स्कुलमा ७२ घन्टे अल्टिमेटम सहित माग पत्र बुझायो

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असार ३१, अर्घाखाँची ।</b> विप्लप निकट विद्यार्थी सगठन अनेरास्वियु क्रान्तिकारी विद्यार्थी सगठन अर्घाखाँचीले आज एक कार्यक्रमका बीच अर्घाखाँची टेक्निकल टेनिङ्ग स्कुलमा ७२ घण्ट अल्टिमेटन सहित माग पत्र बुझाएको छ । अनेरास्वियु क्रान्तिकारीका जिल्ला संयोजक विष्णु राउत द्धारा हस्ताक्षरित माग पत्र मा सि.टी.भि.टी नियम विपरीत शुल्क उठाएकोले शुल्क फिर्ताको माग गदै ज्ञापन पत्र बुझाएको हो यदि आफना मागको कुनै पनि सुनुवाई नभएको खण्डमा आफुुले थप सघर्षका कार्यक्रम चरणबद्ध रुपमा गर्ने सयोजक राउतद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । क्रान्तिकारीले शुल्क फिर्ताको माग गदै चरणबद्ध रुपमा सघर्ष कार्य क्रम शैक्षिक हड्तालको समेत गदै आएको छ । लुम्विनी अञ्चलमा जथाभाबी रुपमा बढाइएको शुल्क तुरुन्त फिर्ता नलिए आफुहरुले चरणबद्ध रुपमा थप कार्यक्रमका धोषणा गर्ने क्रान्तिकारीले जनाएको छ ।</p>