2026-08-31 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सौराहा–पोखरा सुविधासम्पन्न बस सञ्चालन गरिने

असार ३२, चितवन | सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो । 

ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर रु एक हजार ५०० रहेको छ । सो भाडाबापत यात्रुले बिहानको खाजा, खाना, चिया, कफी, चिसो पेय पदार्थसँगै पत्रपत्रिका पढ्न पाउने उहाँले बताउनुभयो । 

बसमा आरामले सुतेरसमेत यात्रा गर्न सकिने अधिकारीको भनाइ छ । 

सौराहाबाट हाल एउटा पर्यटक बस र एउटा भाडाको गाडी पोखरा दैनिक आवतजावत गर्ने गरेको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले सुविधासम्पन्न बस सञ्चालनसँगै खर्च गर्न चाहने पर्यटकका लागि सहज हुने बताउनुभयो । पछिल्लो समय पर्यटकले सुविधा खोज्दै गएको भन्दै उहाँले यससँगै चितवनको सौराहा र कास्कीको पोखराका बीचमा पर्यटक आवतजावतका लागि सहज हुने बताउनुभयो । 

पोखरा जगदम्भा ट्राभल्सको बस बिहान ७ः३० बजे सौराहाबाट र सोही समयमा पोखराबाट छुट्ने छ । सो ट्राभल्सका ६० वटा बस पोखराबाट काठमाडौँ, विराटनगर, धनगडी, काँकडभित्ता, धरानलगायतका शहरमा सञ्चालन हुँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला