२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सम्बन्धन दिएको विरोधमा प्राध्यापक–विद्यार्थी आन्दोलित

३२ असार २०७५, सोमबार १०:५४

असार ३२, चितवन | कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर चितवनले निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा प्राध्यापक र विद्यार्थी आन्दोलित भएका छन् । 

आन्दोलनरत प्राध्यापकले आज विश्वविद्यालयमा पत्रकार सम्मेलन गरी निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गरेका छन् । विद्यार्थीले विरोध प्रदर्शन र धर्ना दिँदै आएकामा अहिले भने प्राध्यापकसमेत आन्दोलनमा उत्रिएका हुन् । 

विश्वविद्यालयका एकजना उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले सम्बन्धन खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । अघिल्लो वर्ष पनि सम्बन्धनको विषयमा प्राध्यापक र विद्यार्थीले आन्दोलन गरेका थिए । 

विद्यार्थीले सम्बन्धन खारेजीको माग गर्दै असार २६ गतेबाट नै विरोध प्रदर्शन र धर्ना कार्यक्रम जारी राखेको एक विद्यार्थी नेता नगेन्द्र दाहालले प्रतिक्रिया दिनुभयो । 

हालै मात्र उक्त विश्वविद्यालयले विभिन्न स्थानमा सातवटा क्याम्पसका लागि सम्बन्धन दिएको थियो । चार वर्षअघि दर्खास्त आह्वान गरेकोमा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएकामा मापदण्ड पुगेका सात क्याम्पसमा सम्बन्धन दिएको विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । 

सरकारी क्याम्पसले मात्रै सबै सेवा दिन नसक्ने भएकाले निजी कलेजलाई सम्बन्धन दिनुपरेको उहाँले बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षामा भने कुनै सम्झौता नहुने प्रतिबद्धता जनाउनुभएको छ । विद्यार्थीहरुको संख्या धेरै भएकाले पनि सम्बन्धन दिनु आवश्यक भएको उहाँको भनाइ छ । 

कृषि स्नातकमा सम्बन्धन पाउनेहरुमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँंडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रहेका छन् । 

उपकुलपति ढकालका अनुसार सबै कलेजले ५०÷५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चारवटा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । आउँदो शैक्षिक सत्रसम्ममा थप चारवटा आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको ढकालले बताउनुभयो । 

उपकुलपति ढकालले निजी सम्बन्धन पाएजति नै आंगिक क्याम्पस आउदो शैक्षिक सत्रबाट सञ्चालन गर्ने तयारी भइरहेको समेत बताउनुभयो । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि भन्दै विसं २०६७ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो