2026-06-29 05:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सारदाविद्या मन्दिर मावि वामी मैदानको लागी नगद ६ लाख सहयोग गर्ने सारदा शर्माको घोषणा

कमल पौडेल/ माघ २२, बागलुङ (खर्वाङ) । सारदाविद्या मन्दिर मावि वामी मैदान गुल्मीको भवन निर्माणार्थ हाल भरतपुर १०, चितवन निवासी सारदा शर्मा पौडेलले नगद ६ लाख सहयोग तथा १ वर्षको स्वयम्सेविको रुपमा काम गर्ने घोषणा गर्नुभएको छ। वामी ४ निवासी शिक्षाविद् स्वर्गिय भिस्म सापकोटाकी छोरी समेत रहेकी पौडेलले बुधवार वामी मैदानमा भएको भवन निर्माण समितिको वैठकमा सो घोषणा गर्नुभएको हो।

वामीकै शैक्षिक धरोहरको रुपमा रहेको विद्यालयको भवन निर्माणको लागी विदेसमा रहेका नेपालीहरुवाट वामी सेवा समित जापान मार्फत ५० लाख, जिल्ला शिक्षा कार्यालय गुल्मीको ३२ लाख तथा स्थानियहरुको सहयोग संकलन अभियान वाट झण्डै १८ लाख गरि कुल १ करोडमा १८ कोठे भवन निर्माण गर्ने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटाले जानकारी दिनुभएको छ। सो भवन निर्माण समितिको वैठकमा वामी सेवा समिति जापानका अध्यक्ष टिकाराम घिमिरे, पूर्व उपाध्यक्ष रामलाल सापकोटा, सदस्य थानेश्वर घिमिरे, जापान प्रतिनिधिहरु रवि घिमिरे, शेर वहादुर केसि, उत्सव केसि, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ठग वहादुर केसि, शिक्षक अभिभावक संघका अध्यक्ष मेघनाथ खरेल, अर्थ संकलन समितिका संयोजक भुवन केसि लगाएतलको सहभागिता रहेको थियो । वैठकले पहिलो तलाको रुपमा तत्कालै ६ कोठे भवन निर्माण सुरु गर्ने, जसको लागी गिटि वालुवा टेन्डर गर्ने, प्राविधिक सर्वे डिजाइन गर्ने, लगाएतका निर्णय गरेको छ।

वैठक भवन निर्माण समितिका अध्यक्ष शारदा शर्मा पौडेलको अध्यक्षता तथा प्रधानाध्यापक ज्ञानहरी सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी