2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

भुकम्पमा परी उदयपुरबाट १६ जनाको मृत्यु, करीब २० करोड भन्दा बढीको क्षती

अजयकुमार साह/ बैशाख १२, उदयपुर (गाईघाट)
गत बर्ष बैशाख १२ गते गएको महाविनाशकारी भुकम्पमा परी उदयपुरबाट १६ जनाको मृत्यु भएको
तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला भित्र १ जना र जिल्ला बाहिर गरी जम्मा १६ जनाको मृत्यु भएको
पुष्टी भईसकेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी गराउनुभएको छ ।

भुकम्प दिवस २०७३ को अवसरमा आज आईतबार जिल्ला विकास समितिको सभाहलमा आयोजित
कार्यक्रममा आफनो धारणा राख्दै प्रजिअ घिमिरे भुकम्पको क्षेती बारे विवरण सार्वजनिक गर्नुभएको छ ।
त्यस्तै भुकम्पमा परी ४० जना घाइते, व्यक्तिगत घर पूर्ण क्षेति १ सय ६२ वटा, आंशिक क्षेति १ हजार ६९,
साधारण क्षेति ११ हजार १ सय ८०, सार्वजनिक भवन पूर्ण क्षति ६३ वटा , आंशिक क्षति ६ सय ८४ वटा रहेको
तथ्याङ्क सार्वजनिक गरिएको छ ।

udaypur 1
यसै गरी व्यक्तिगत सम्पति क्षति ९६ करोड १० लाख ९ हजार बराबर, पशुपंक्षी क्षति ८० हजार बराबर
र अन्य सम्पत्ति क्षति ८ लाख ६५ हजार बराबर, विद्यालय क्षति १५ करोड ७९ लाख बराबर र कुल सार्वजनिक
सम्पत्ति क्षति १९ करोड ६१ लाख ३० हजार बराबर भएको प्रजिअ घिमिरेले बताउनुभयो ।

भुकम्पमा परी पिडित भएका घरपरिवारलाई उद्धार तथा राहत वितरण गर्ने क्रममा पीडितहरुलाई
शुरुमा पूर्ण घर क्षति हुनेलाई ५ हजार, आंशिक क्षति हुनेलाई ३ हजार, घर निर्माण गर्न पूर्ण क्षतिहुनेलाई
१५ हजार र न्यानो कपडाका लागि १० हजार नगद सहित विभिन्न लत्ता कपडा, त्रिपाल, खाद्यान्नहरु समेत उपलब्ध
गराइएको थियो ।

udaypur
आजकै दिन ११ बजेर ५६ मिनेटको समयमा गएको महाविनाशकारी भूकम्पले
पु¥याएको धनजनको क्षतिबारे चर्चा गर्दै महभूकम्पमा परी दिवंगत हुनुभएका समस्त मृतकहरुप्रति
श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ तथा अपाङ्ग भएकाहरुको सहज जीवनयापनको कामना एवं मृतकका
परिवारहरुप्रति समवेदना व्यक्त गरी १ मिनेट मौन धारण गरियो ।

दिवसलाई एउटा पाठ सिकाईको रुपमा लिई आगामी दिनमा यस्तै समस्या भएको खण्डमा गर्नुपर्ने
पहलहरुको विषयमा चर्चा गरिएको थियो । सोही क्रममा प्रमुख जिल्ला ईन्जिनियर नविनकुमार सिंहले भुकम्प
प्रतिरोधात्मक भवन निर्माणको विषयमा प्राविधिक प्रस्तुतीकरण समेत प्रस्तुत गर्नुभयो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको आयोजना र जाल्पा एकिकृत विकास समाज, सवल
परियोजनाको समन्वयमा आयोजना गरिएको सो कार्यक्रममा राजनितिक दल, सरकारी कार्यालयका प्रमुख तथा
प्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा महाभूकम्पले पु¥याएको क्षति, उद्धार, खोजतलासका प्रयास तथा राहतका
क्रियाकलापहरु समेटिएका तीनवटा वृत्तचित्र प्रदर्शन गरियो । उक्त कार्यक्रममा भवन आचार संहिता,
पुननिर्माण प्राधिकरणले तयार गरेका भवनहरुको नमूना र भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने तरीकाबारे
कार्यपत्र प्रस्तुत गरिएको थियो ।

महाभुकम्पमा परी
अधिराज्यव्यापी रुपमा मृत्यु हुनेको संख्या कूल ८ हजार ९ सय ६१, घाइते २२ हजार ३ सय २, सरकारी घर पूर्ण
क्षति २ हजार ६ सय ८७, आंशिक क्षति ३ हजार ७ सय ७६, निजी घर पूर्ण क्षति ७ लाख ७६ हजार ८ सय ९५, आंशिक
क्षति २ लाख ९८ हजार ९ सय ९८, अपांग ५ सय भन्दा बढी भएको थियो । थुप्रै ऐतिहासिक सम्पदा खण्डहर भएको, १४
जिल्ला अति प्रभावित भएको, विकास निर्माणका पूर्वाधारहरुको क्षति भएको थियो ।

यसैक्रममा हाल नेपाल सरकार पुननिर्माण प्राधिकरणले यही बैशाख १२ र १३ गते लाई मध्येनजर
गरेर लगत संकलन सम्पन्न भएका ११ जिल्लाका अनुदान पाउन योग्य व्यक्तिहरुको सूची प्रकाशन गर्ने, ११
जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रका १÷१ गा.वि.स.मा निजी आवास निर्माणका लागि अनुदानको सम्झौता गर्ने,
अति प्रभावित ९ जिल्लाका कम्तिमा १÷१ गा.वि.स.मा निजी आवास पुनःनिर्माण शुभारम्भ गर्ने, ती प्रत्येक
जिल्लामा १÷१ सामुदायिक आवास भवन पुनःनिर्माण प्रारम्भ गर्ने, प्रत्येक जिल्लामा १÷१ सामुदायिक विद्यालय
भवन पुनःनिर्माण प्रारम्भ गर्ने, प्रत्येक जिल्लामा १÷१ स्वास्थ्य संस्था भवन पुनःनिर्माण प्रारम्भ
गर्ने, तोकिएका ऐतिहासिक सम्पदा पुनःनिर्माण शुरु गर्ने लगायतका प्राथमिकताका कार्यक्रमहरु प्रारम्भ
गर्ने योजना रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई