मृत्यु हुनेमा सवारी धनी तथा चालक भिमेश्वर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मृत्यु हुनेमा सवारी धनी तथा चालक भिमेश्वर "/>

2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको जिलुमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

ताराबहादुर महत । श्रावण २, दोलखा । दोलखाको जीलुमा बुधवार विहान बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवारी धनी तथा चालक भिमेश्वर नगरपालिका-४ जिलुका ५५ बर्षिय चेतप्रसाद सापकोटा रहेको दोलखा प्रहरीले जनाएको छ। विहान करीब ६ बजे भिमेश्वर नगरपालिका वडा नं. ४ जिलुबाट चरिकोट तर्फ आउँदै गरेको बा १६ च २९५८ नम्बरको बोलेरो जिलुमा ब्रेक फेल भई सडकबाट करीब १५ मिटर तल खस्दा गम्भिर घाईते भएका सापकोटाको दोलखा सामूदायिक अस्पताल चरिकोटमा उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो ।  

पेटमा चोट रहेको र बोल्न नसक्ने अवस्थामा रहेका गम्भीर घाईते सापकोटालाई थप उपचारका लागि काठमाण्डौ पठाउने तयारी गरिएको भए पनि खराब मौसमका कारण हेलिकप्टर आउन नसक्दा सापकोटाको मृत्यु भएको आफन्तहरुले बताएका छन् । उक्त बलेरोमा चालक सहित ६ जना सवार रहेकोमा सापकोटाकी  श्रीमतिसहित पाँचजना सकुसल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई