2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

कार्यालय खारेज भएपछि कर्मचारी अन्योलमा

साउन २, बनेपा | संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ । 

जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले सरकारले १ साउनदेखि लागू हुने गरी जिल्ला कार्यालय खारेज गरेकाले आफूहरुले भाडामा सञ्चालन गर्दै आएको कार्यालयको सामान सारिसकेको बताउनुभयो । 

“हामी कार्यालयमा भएको सामान कुनै जिल्ला समन्वय समितिको भवनमा, कुनै जिल्ला कृषि कार्यालय त कुनै घरेलुको भवनमा सारिसकेका छौँ ।” उहाँले भन्नुभयो , “भइसकेको काम हस्तान्तरण गर्ने र अडिट गर्ने मात्रै काम भएका कारण कामको चाप भने छैन ।” 

जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर विनु श्रेष्ठले भन्नुभयो, “हामीले भर्खरै तीन दिन लगाएर कार्यालयका सामान सार्यौ । कार्यालय खारेज गरेपछि अब कहाँ जाने के गर्ने हो केही थाहा छैन ।” 

अधिकांश कार्यालय खारेज भएपछि भाडामा सञ्चालन हुँदै आएको कार्यालयको सामान सरकारी भवनमा सारिसकेको र स्थानीय शान्ति समितिको कार्यालय पनि जिल्ला प्रशासन कार्यालयमा सारिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले महिला तथा बालबालिका कार्यालय, जिल्ला प्राविधिक कार्यालय, सहकारी डिभिजन कार्यालय, जिल्ला बालकल्याण समितिको कार्यालय र जिल्ला भूसंरक्षण कार्यालय लगायतका कार्यालय सरिसकेको छ भन्नुभयो । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले भने माथिबाट कुनै पनि आधिकारिक जानकारी नआएको जनाएको छ । कार्यालयका प्रमुख रामचन्द्र काफ्लेले भन्नुभयो, “सञ्चार माध्यमबाट थाहा पाएपनि हामीलाई अहिलेसम्म कुनै जानकारी प्राप्त नभएकाले कार्यालयमा नै सबेर काम गरिरहेका छौँ ।” 

सरकारको निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवासुविधा स्थानीय तहमा हस्तान्तरण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई