२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ सहकारी ऐन सँग सहकारीका नाममा ठगी गर्ने अत्तालिएको उप प्रधानमन्त्रि केसिको भनाई

१ फाल्गुन २०७२, शनिबार ०२:०४

कमल पौडेल/ फागुन १, बागलुङ (खर्वाङ) ।  उपप्रधान तथा सहकारी एवं गरिवि निवारण मन्त्रि चित्र वहादुर के.सि.ले नयाँ सहकारी ऐन ल्याउन लाग्दा सहकारीका नाममा ठगि गर्नेहरु अत्तालिएको वताउनु भएको छ।

शुक्रवार साँझ बागलुङ खर्वाङका स्थानिय सहकारी कर्मिहरु संग अन्तरक्रिर्या गर्दै केसिले २०४८ को सहकारी ऐन वर्तमान समयमा उपयुक्त नभएकोले आवश्यक संसोधन सहित नयाँ ऐन ल्याउन लागेको जानकारी दिनुभएको छ। विद्यायन सभामा पुगेको ऐनलाई पास हुन नदिन विभिन्न चलखेलहरु भएको आरोप लगाउँदै केसिले सो ऐनले मात्रै सहकारी क्षेत्र सवल वन्ने दावी गर्नुभएको छ।
news

सहकारी समाजवादी अर्थतन्त्रको जग भएको भन्दै केसिले सवल सहकारीवाट जनताको सम्वृद्धि हुने वताउनु भएको छ। एक फरक प्रसंगमा केसिले नेपालले आफै संविधान जारी गरेवापत नाकावन्दि वेहोर्नु परेको भन्दै संघियताको नाममा वैदेशिक हस्तक्षेप वढि रहेको र संधियता खारेज नभएसम्म समस्या समाधान नहुने समेत दावी गर्नुभएको छ।

रेडियो सारथी संगको कुराकानी क्रममा केसिले गरिवि निवारणको लागी पहिलो चरणमा गरिवि पहिचान गर्न २५ जिल्लामा कार्यक्रम सुरु भएको र गरिविको परिचय पत्र वितरण गरिने त्यसपछि आवश्यक काम गरिने वताउनु भएको छ। देशमा मात्रात्मक परिवर्तन भएपनि गुणात्मक परिवर्तन हुन नसकेको भन्दै गुणात्मक परिवर्तन विना आम जनताले परिवर्तनको महसुस गर्न कठिन हुने पनि केसिले वताउनु भएको छ।

केसिले गरिवि निवारण कोष नै गरिवि निवारण मन्त्रालयको मातहतमा नभएकोले सो कोषलाई मातहत ल्याउने कार्य भैरहेको जानकारी दिनुभएको छ। केसिले सनिवार राष्ट्रिय जनमोर्चा बागलुङ को पाचौं जिल्ला सम्मेलनको वुर्तिवाङमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट