२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक

२०७५, २ श्रावण बुधबार ०८:०४

साउन २, चितवन | चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भएको छ । 

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार साउन ५ गतेबाट लागू हुनेगरी उक्त सवारी साधन मुख्य सडक क्षेत्रमा सञ्चालनमा रोक लगाइएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । 

सडकमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरण गर्न जरुरी रहेकाले ई–रिक्सा, अटो– रिक्सा र टेम्पुलाई मुख्य सडक क्षेत्रमा सञ्चालन रोक लगाइएको दाहालले बताउनुभयो । 

उहाँका अनुसार भरतपुर महानगरमा पर्ने पूर्व–पश्चिम राजमार्ग, बाइपास रोड र नारायणगढ–मुग्लिन सडकखण्डमा तीनपांग्रे सवारी सञ्चालन रोक लगाइएको हो । भित्री सडकबाट अन्यत्र जानका लागि भने वारपार गर्न तोकिएको स्थानबाट क्रसरोडसमेत तोकिएको महानगरपालिकाले जनाएको छ । 

यसअघि पार्किङ व्यवस्थापन र फुटपाथ व्यवस्थापनमा महानगरपालिका सफल भएको दाबी गर्दै प्रमुख दाहालले तत्कालका लागि केही समस्या भए पनि दीर्घकालका लागि यो निर्णय महत्वपूर्ण हुने बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जिल्लामा यस्ता तीनपांग्रे सवारी करीब तीन हजारको हाराहारीमा रहेको जानकारी दिनुभयो । 

पछिल्लो समयमा साना सवारीबाट दुर्घटना बढेको भन्दै उहाँले तीनपांग्रे सवारी दुर्घटनापछि धेरैजसो भाग्ने गरेको स्मरण गर्नुभयो । एउटै चालकले पटकपटक नियम उल्लंघन गरेको फेला परेकोसमेत उहाँको भनाइ छ । 

चालु आवमा नियम उल्लंघन गर्ने तीन हजार ८७३ तीनपांग्रे सवारीलाई कारबाही गरिएको छ । चितवनका प्र्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ई–रिक्साहरु व्यवस्थापनसँगै साना चारपांग्रे सवारीको संख्या राजमार्गमा बढ्नसक्ने भएकाले यसतर्फपनि सचेत हुनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा