२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङकी प्रबृति बनिन् भिजन आईडल फस्ट रनरअप

३ श्रावण २०७५, बिहीबार ०६:०२

चिसाङ शेर्पा | साउन ३, खोटाङ | खोटाङकी प्रबृत्ति राई ओखलढुंगामा सम्पन्न भिजन आईडल दोश्रो सिजनको पहिलो रनरअप भएकी छन् । भिजन नेपाल ओखलढुंगाको आयोजनामा भएको प्रतियोगीतामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी प्रबृत्ति उत्कृष्ट प्रर्फमेन्स प्रस्तुत गरेर प्रतियोगिताको पहिलो रनरअप भएकी हुन् । बुधबार ओखलढुंगाको सदरमुकामस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा सकिएको अन्तिम अडिसनमा पहिलो रनरअप भएसँगै प्रबृत्तिले नगद १५ हजारका साथमा मायाँको चिनो, मेडल र प्रमाण–पत्र प्राप्त गरेकी छन् ।


प्रबृत्तिलाई भोटद्धारा जिताउन खोटाङमा साईनो कलाकेन्द्रले ४० हजार आर्थिक सहयोग संकलन गरेको थियो । गायीका बनाउने आमाबाबुको सपना पूरा गर्नका लागि प्रबृत्ति सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी छन् । तर, परिवारको सपना पूरा नहुँदै क्यान्सरले आमाको मृत्यु भएपछि विचल्नीमा परेकी प्रबृत्तिलाई साईनो कलाकेन्द्रले निशुल्क संगीत अध्ययन गर्ने अवशर दिइरहेको साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । क्यान्सर लागेकी आमाको उपचार असफल भएपछि र परिवार ऋणमा परेर निरास बनेकी प्रबृत्तिलाई साईनो कला केन्द्रले दिक्तेल ल्याएर संगीत सिक्ने अवशर दिएको हो अध्यक्ष श्रेष्ठले भने, ‘हाल दिक्तेल बसिरहेकी प्रबृत्ति बालसेवा समाज नेपालको पुस्तकालयमा काम गर्दै साईनो कला केन्द्रमा संगीत अध्ययन गरिरहेकी छन् ।’

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान गर्दै प्रोत्साहन गर्नका लागि भिजन नेपालले गत वर्षदेखि गर्दै आएको भिजन आईडल दोश्रो सिजनमा मानेभन्ज्याङ गाउँपालिका ओखलढुंगाका मनोज कुमार राई प्रतियोगिताका बिजेता भएका छन् । भिजन आईडलका बिजेताले नगद २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाएका छन् । सुनकोशी गाउँपालिका ओखलढुंगाकै सरीता तामाङ दोश्रो रनरअप भएकी छन् । उनले नगद १० हजारको साथमा मायाँको चिनो, मेडल र प्रमाण–पत्र प्राप्त गरेकी छन् । प्रतियोगिताका बिजयीहरुलाई ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । भिजन नेपालको वार्षिक उत्सवको अवसरमा साउन २ गते एकल गायन र भिजन एफएमको वार्षिक उत्सवको अवशरमा फाल्गुण २ गते एकल नृत्य प्रतियोगिता सञ्चालन हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो