२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा ४९ सय सवारीसाधन कारवाहीमा

३ श्रावण २०७५, बिहीबार ०७:३९

राम नारायण पंडित/साउन ३, सिरहा। अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले एक बर्षको अबधिमा ४९ सय सावारी साधानलाई कारबाही गरेका छन् । २०७४ साउन १ गतेदेखि २०७५ असार ३२ गतेसम्म ट्राफिक प्रहरी मिर्चैयाले ४९ सय सबारी साधनलाई कार्वाही गरी ३४ लाख ९५ हजार राजस्व संकलन गरेका छन् । बस १ सय ३१, जीप ८ सय ७५, ट्रक–ट्रिपर १५ सय ५०, मोटरसाइकल १९ सय ८२, ट्रयाक्टर ३ सय ९ र ५३ बटा टेम्पोलाई कार्वाही गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए । 


१३ जनाको मृत्यु 

अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैया क्षेत्रमा एक बर्षको अबधिमा ४४ बटा सबारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । जसमा ११ जना पुृरुष, १ जना महिला र १ जना बालक रहेको ईन्चार्ज चौधरीले बताए । दुर्घटनामा २४ जना गम्भिर घाइते र ५३ जना समान्य घाइते भएका छन् । 


१२ बटा मुद्धा दर्ता 

एक बर्षको अबधिमा मिर्चैया क्षेत्रमा भएको सबारी दुर्घटनाका १२ वटा सबारी ज्यान सम्बन्धि मुद्धा दर्ता भएका छन् । जसमध्ये २ जना पर्पुक्षका लागि जेल चलान भएका छन् भने २ जना धरौटीमा छुटेका छन् । मुद्धा दर्ता भएका मध्ये ३ जनामाथी अनुसंधान भईरहेका छन् भने २ जना फरार रहेको ईन्चार्ज चौधरीले जानकारी दिएका छन् । 

१ सय ३ जना मापसे कार्वाहीमा 

मादक पदार्थ सेवन गरी सबारी साधन चलाएको अबस्थामा १ सय ३ जना चालकलाई एक बर्षको अबधिमा मिर्चैया ट्राफिकले कार्वाही गरेका छन् । जसमा २० जनाको सबारी चालक अनुमति पत्रमा प्वाल पारिएको र ८३ जनासंग चालक अनुमति पत्र नभहेको समेत उनले बताए ।

सवारीसाधन चेकजाँचमा कडाई

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । 

खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको ईन्चार्ज चौधरीले बताए । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको ईन्चार्ज चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो