२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता

३ श्रावण २०७५, बिहीबार ०७:४२

साउन ३, चितवन | चितवनका अधिकांश भुकम्प पीडित (लाभग्राही) किस्ता पर्खंदै छन् । विभिन्न मापदण्डले किस्ता अड्किएको उनीहरूले बताएका छन् । 

यस्तै समस्याले पहिलो किस्ता पाएका पीडितहरुले दोस्रो किस्ता पाएका छैनन् । तेस्रो किस्ता पाउने न्यून छन् । नक्सापास, ऐलानी जग्गा, पहिले बनिसकेका घर र नाम दोहोरो भएको लगायत कारणले प्रभावकारी रुपमा किस्ता वितरण हुन नसकेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका प्रमुख पुष्कर पोखरेलले जानकारी दिनुभयो । 

तोकिएको समय असार मसान्तसम्म चितवनमा ३३ प्रतिशत भूकम्प पीडित (लाभग्राही)ले दोस्रो किस्ताको रकम बुझेका छन् । जिल्लामा ७६ प्रतिशतले पहिलो किस्ता लिए पनि विभिन्न अवरोधका कारण दोस्रो किस्ता लिने भूकम्प पीडितको संख्या भने आधाले कम छ । किस्ता वितरण अझै सोचेअनुसार प्रभावकारी हुन सकेको छैन । तेस्रो किस्ता लिने तीन प्रतिशत मात्रै छ । 

प्रमुख पोखरेलका अनुसार अहिलेसम्म जोखिम क्षेत्रका ५२ घरपरिवारलाई जग्गा उपलब्ध गराएर बस्ती सार्ने प्रक्रियामा लगिएको छ । “विगतमा देखिएको समस्या यथावत् नै छ”, उहाँले भन्नुभयो, “अब दोस्रो किस्ताको म्यादसमेत सकिएको छ, सबै अन्यौल छ तर किस्ता वितरणको म्याद भने थपिन्छ ।” 

चितवनमा भूकम्प प्रभावित (लाभग्राही)को संख्या कूल सात हजार ३३५ परिवार छ । त्यसमध्ये पाँच हजार ६२६ जना (७६ प्रतिशत)ले पहिलो किस्ता बुझेकामा दोस्रो किस्ता लिने दुई हजार ४२८ जना (३३ प्रतिशत) रहेको उक्त कार्यालयका इन्जिनियर सुजन नेपालले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिलेसम्म तेस्रो किस्ता लिने जम्मा २२६ जना (जम्मा तीन प्रतिशत) मात्रै रहेका छन् । जिल्लामा राहत वितरण प्रभावकारी हुन नसके पनि अन्य जिल्लाको तुलनामा भने चितवनमा राम्रो प्रगति भएको उहाँकोे दाबी थियो । 

कार्यालयले दिएको तथ्यांकअनुसार तेस्रो किस्ता वितरणमा अहिलेसम्म चितवनमा सबैभन्दा कम इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा शून्य दशमलब ६ प्रतिशत मात्रै प्रगति भएको छ । भरतपुर महानगरमा दुई दशमलब पाँच, खैरहनी नगरपालिकामा नौ, राप्तीमा दुई, माडीमा १७ र रत्ननगर नगरपालिकामा १३ प्रतिशत सेवाग्राहीले तेस्रो किस्ता बुझेका छन् । तेस्रो किस्ताको रकम बुझ्ने म्याद भने अझै आगामी पुससम्म छ । 

चितवनको भरतपुर महानगरमा ७१०, रत्ननगरमा ७३१, खैरहनीमा ५५९, राप्तीमा दुई हजार ४३, माडीमा २३, कालिका नगरपालिकामा ९१६ र इच्छाकामना गाउँपालिकामा दुई हजार ३५३ जना भूकम्पको लाभग्राही सूचीमा छन् । भरतपुर महानगरपालिका हेर्दै आउनुभएका इन्जिनियर राजीव ज्ञवाली चितवनको भरतपुर २५ र २९ मा ऐलानी जग्गाका कारण राहत वितरण गर्न नसकिएको बताउनुभयो । सरकारले घर बनाउनका लागि पहिलो किस्ता रु ५० हजार दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्ता एक लाखका दरले सहयोग गर्ने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो