२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रदेश नं १ को राजधानी गोठगाउँ हुनुपर्ने सुझाव

३ श्रावण २०७५, बिहीबार ०८:१६

साउन ३, भद्रपुर | प्रदेश नं १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका छन् । 

पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको ८०० बिगाहा सरकारी जमीनमा प्रदेशको राजधानी राख्नुपर्ने र त्यो ठाउँ सबैलाई पायक पर्ने आज बिर्तामोडमा संवाद समूहले आयोजना गरेको छलफल कार्यक्रममा ज्येष्ठ नागरिक, विभिन्न संघसंस्था तथा क्षेत्र र नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका हुन् । 

“चौधवटा जिल्लालाई पायक पर्ने र हरेक दृष्टिले उपयुक्त ठाउँ गोठगाउँलाई प्रदेश १ को राजधानी बनाउनुपर्छ”, ज्येष्ठ नागरिक तथा वीरता जेसिजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले भन्नुभयो, “दीगोरुपमा सोच्ने हो भने गोठगाउँमा राजधानी बनाउनुको विकल्प छैन ।” 

प्रदेशको राजधानी मोरङ कि सुनसरी भन्ने बहस चर्किएको बेला सुनसरीको इटहरीबाट थोरै पूर्व मोरङको गोठगाउँ मै राजधानी राख्नुपर्ने छलफलमा सहभागी हरि ओझाले बताउनुभयो । 

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, नेपाल परिवार नियोजन संघ झापाका अध्यक्ष केदार गिरीले सबैको भावनाको सम्मान र सबैलाई पायक पर्ने ठाउँ गोठगाउँ नै भएको विचार व्यक्त गर्नूभयो । 

मेची डिलर एसोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले भौगोलिक र प्राकृतिक दृष्टि, खुला वातावरण, पूर्व–पश्चिम राजमार्गको नजिक, मेची–कोशीको केन्द्रबिन्दु, पूर्वाञ्चल विश्वविद्यालयसमेत रहेको ८०० बिगाहा जमीन भएको गोठगाउँलाई दिगो सोचका साथ राजधानी बनाउनुपर्ने बताउनुभयो । 

विराटनगर अस्तव्यस्त, प्रदूषित, साँघुरो, भीडभाड, डुबाउ क्षेत्र भएको, भारतीय सीमा नजिक रहेकाले त्यहाँ राजधानी उपयुक्त नहुने छलफलमा सहभागीको धारणा थियो । 

प्रदेश १ को नाम विराट र सगरमाथामध्ये एक वा विराट–सगरमाथा राख्नुपर्नेमा धेरैको मत मिलेको थियो । छलफलको सहजीकरण संवाद समूहका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई, अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो