३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा गर्मी बढ्दै

४ श्रावण २०७५, शुक्रबार १०:३१

साउन ४, विराटनगर | विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । 

विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ । 

गर्मीका कारण सबै उमेर समूहका मानिस प्रभावित बनेका छन् । शीतलताको खोजीमा मानिस रुखको छहारीमा बसेर समय बिताउने गरेका छन् । 

गर्मीबाट बच्न सर्वसाधारण काँक्रा र चिसो पेय पदार्थ सेवन गर्ने गरेका छन् । सर्वसाधारण घरबाट बाहिर कमैमात्रामा निस्कने गरेका छन् । बजारमा दिउँसो चहलपहल अत्यन्त कम देखिन्छ । 

पछिल्लो समय पानी नपरेकाले गर्मी ह्वात्तै बढेको स्थानीयवासी इन्द्रप्रसाद दाहालले बताउनुभयो । उहाँले खेती रोप्ने समयमा पानी नपर्नु, हिल्याएको खेत सुक्न थाल्नुले किसान मर्माहत भएका छन् । 

सुनसरी–मोरङमा लगभग ४८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण भएको सुनसरी–मोरङ सिँचाइ आयोजनाबाट वितरण हुने पानीका लागि पनि किसानबीच विवाद हुने गरेको छ । खेत रोप्न तयार छ तर पानी छैन । नहरमा आउने पानीमा धेरै किसानको भाग लाग्ने भएकाले पनि समस्या देखिएको स्थानीयवासी वीरनारायण चौधरीले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन