कमल पौडेल/ फागुन २६, खर्वाङ (बागलुङ) । नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले अवको समय संविधानको सफल कार्यान्वयन गर्दै विकासमा लाग्नु पर्ने वताउनु भएको छ। आज गुल्मीको बडागाउँ वार्ड २ दिगामचौरमा आयोजित संगठन विस्तार कार्यक्रममा सापकोटाले सो कुरा वताउनु भएको हो। नेकपा एमाले वडागाउँ को आयोजनामा भएको सो कार्यक्रममा जिल्ला सदस्य हिरा ए.सि. लगाएतले वोल्नु भएको थियो। कार्यक्रममा एकिकृत नेकपा माओवादी जिल्ला सल्लाहकार सदस्य नेत्र सर्तुङगी मगरको नेतृत्वमा एमालेमा प्रवेश गरेका थिए ।
कार्यक्रम गाउँ कमिटि अध्यक्ष सुर्य राजवंशिको अध्यक्षता, गाउँ कमिटि सल्लाहकार सदस्य अनन्त भण्डारीको स्वागत मन्तव्य तथा सचिव मधु मल्लकोसंचालनमा सम्पन्न भएको थियो ।