२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मूल्य घटाएको विरोधमा किसानले दूध पोखेर प्रदर्शन गरेपछि…

५ श्रावण २०७५, शनिबार १०:२१

साउन ५, चितवन | दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । दुग्ध विकास संस्था (डिडिसी) र डेरी उद्योगले प्रतिलिटर करीब रु तीन दूधको मूल्य घटाएको किसानको आरोप छ । 

राप्ती नगरपालिकाको दुग्ध उत्पादक सहकारी संस्था नगर समन्वय समितिका अध्यक्ष डिल्लीप्रसाद थपलियाले लागत मूल्य नपाइरहेको अवस्थामा विभिन्न बहाना बनाएर दूधको मूल्य घटाएकाले बाध्य भएर दूध पोख्नुपरेको दुखेसो गर्नुभयो । 

मूल्य घटाएको विरोधमा सांकेतिक रुपमा शुक्रबार किसानले यहाँको सडकमा २४० लिटर दूध पोखेका थिए । किसानका समस्यामा ध्यान नदिए कडा आन्दोलन गर्नेसमेत किसानले बताएका छन् । 

उहाँका अनुसार राप्तीमा रहेका छ वटा सहकारीले सामूहिक रुपमा दूध सडकमा पोखेका हुन् । यहाँ भण्डारा, परेवाश्वरी, शहीद बलराम, भगवती, नवउद्यमी र जनमुखी दुग्ध उत्पादक सहकारी संघले दूध संकलन गरेर डेरी उद्योगलाई पठाउँदै आएको छ । 

कुनै छलफल नै नगरी किसानलाई मार पार्ने गरी दूधमा रु तीन प्रतिलिटरका दरले मूल्य घटाएको किसानले आरोप लगाएका छन् । यसअघि पनि निजी डेरीले करीब रु दुई दूधको मूल्य घटाएका थिए । 

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले सस्तोमा पाउडर दूध आयात गरेकाले यसरी किसानको दूधमा मूल्य घटाएको आरोप लगाउनुभयो । 

अहिले दूधबाट पाउडर बनाउनुपर्ने अवस्था सिर्जना भएकाले बाध्य भएर दूधको मूल्य घटाउनुपरेको डिडिसीले प्रतिक्रिया दिएको भन्दै उप्रेतीले त्यो भनाइ सही नभएको दाबी गर्नुभयो । 

यो विषयमा आगामी साउन ८ गते बैठक बोलाइएकाले त्यसको निर्णयानुसार मन्त्रालयमा डेलिगेसनलगायत आन्दोलनका कार्यक्रम गरिने उप्रेती बताउनुहुन्छ । यहाँ व्यावसायिक रुपमा पशुपालन गर्ने किसानले भने दूधको लागतसमेत उठाउन नसकेको बताउँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च