१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लुगरुङ खानेपानी योजना सम्पन्न भएदेखि स्थानियको दैनिकि फेरियो

७ चैत्र २०७२, आईतवार ०१:२२

baglung

कमल पौडेल । चैत्र ७, बागलुङ । गुल्मी मुसिकोट ७ का अग्नीधर चालिसेको दैनिकि पास्तीखोला लुगरुङ खानेपानी योजना सम्पन्न भएदेखि फेरिएको छ। विहानै उठेर कुवामा पानी भर्न जाने चालिसे योजनाको निर्माण पछि धारामै पानी भर्न पाएकोमा दंग हुनुहुन्छ । चालिसे मात्रै होइन स्थानिय गृहणी खगिश्वरा भुसाललाई पनि आयोजना निर्माण पछि सुखिको अनुभुुति भएको छ। ग्रामिण क्षेत्रमा कमै देखिने मिटर सिस्टमवाट खानेपानी वितरण गरिएपछि धेरै पानी खर्च गर्यो भने धेरै विल उठ्न सक्छ भनेर सचेत समेत हुने गरेको स्थानिय वेल कुमारी खत्रिले वताउनु भयो ।

खानेपानी भर्दै गरेकि विद्यार्थी सिता के.सि.ले आयोजनाको निर्माण पछि पानिको सहज आपूर्ति भएकोले आफुहरुलाई अध्ययनमा लाग्न थप सहज भएको जानकारी दिइन् ।

जिल्ला खानेपानी तथा सरसफाई आयोजनाको ९ लाख, स्थानिय उपभोक्ताको नगद १ लाख २५ हजार र ७५ हजार वरावरको जनश्रमदान गरि कुल ११ लाखमा सो पास्तीखोला लुगरुङ खानेपानी योजना सम्पन्न भएको हो । वार्ड नं. ७ कै पास्तीखोलावाट झण्डै साढे २ किलोमिटर पाइप लाइन मार्फत स्थानिय २१ घरधुरीमा खानेपानी मिटरसहित जडान गरिएको आयोजनाका अध्यक्ष धनिश्वर घिमिरेले वताउनु भएको छ। सल्लाहकार भेष वहादुर नेपालीका अनुसार पहिले कुलोको पानी खान बाध्य उपभोक्ता योजनाको निर्माण पछि सफा पानी खान पाएका छन् जसवाट स्वास्थ्यमा समेत सुधार आउने अपेक्षा गरिएको छ। मिटर सिस्टम पहिलो अनुभव भएकोले अझै पनि पाइपमा समस्या, कमजोर जडान, लगाएतका विषयले आफुहरु सिकाइकै चरणमा भएको नेपालीले वताउनु भएको छ।

यसको व्यावस्थापनको लागी युवाहरु सक्रियरुपमा सहभागि भैरहेका छन् । उनिहरु आफै योजना निरिक्षण, मर्मत लगाएतका कार्यमा खटिरहेको स्थानिय युवा प्रकाश नेपालीले वताउनु भयो ।

आफुले कल्पना गरेको योजना सम्पन्न भएपछि दङ्गभएका परियोजना निर्माण समितिका सचिव लिलाधर घिमिरेले मिटर सिस्टमले सवै उपभोक्ताले सहज रुपमा पानी प्राप्त गर्ने वताउनु भएको छ।

उपभोक्ताले मासिक कति रकम तिर्नुपर्ने भन्ने विषयमा अझै परिक्षण गरिरहेको र उपभोक्तालाई मार नपर्ने गरि शुल्क निर्धारण गरिने आयोजना संरक्षण समितिका सचिव वुद्धिवल चालिसेले जनाकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु