2026-10-27 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सेवासंगै विपत्ति निम्त्यायो ताल्च विमान स्थलले (हेर्नुस् ७ तस्विर)

नन्द बहादुर रोकाय । साउन ६, मुगु । मुगु जिल्लाको हवाई सेवाको एकमात्र ताल्च विमान स्थलले सेवा सुविधासंगै विपत्ति निम्त्याएको छ। 

ताल्च विमानस्थल पिच भएसंगै पानीको नहर बुका खोलामा मिसाईएकाले ताल्च विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिमामा परेको छ। खोलामा आएको बाढीले संयौ बिगाहा जमिन कटान गरेको छ। बाढीसंगै आउने पहिरोका कारण स्थानीय भने चिन्तित भएका छन् ।  

बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्रम बस्न बाध्य छन् । बुका खोलाले सयौ बिगाह जमिन पनि कटान् गरेको छ । खोला आसपासका बस्ति जोखिममा परेपनि यसप्रति कसैले ध्यान नदिएका छायाँनाथ रारा नगरपालीका वडा नं ४ का हिलादाङ्ख नेपालीले बताए । खोलाले बर्षनी कटान गदै जाने हो भने यसबाट खोलाको शिरमा रहेको रारातालको जमिनलाई पनि क्षति पुग्ने छायाँनाथ रारा नगरपालीका वडा नं ४ का स्थानीय राज्य नेपालीले बताए । ताल्चा विमानस्थलले निम्त्याएको यो समस्या छिटो समाधान गर्न स्थानीयले सरोकारवाला निकाय स्थानीय तहका प्रतिनिधि समक्ष माग गरेका भएपनी सुनुवाई नभएको स्थानीयको भनाई छ ।

त्यस्तै, मुगु सदरमुकाम गमगढीदेखि बालै हुदै पिनासम्म जोडिएको सडक पहिरोले अवरुद्ध भएको छ ।  बर्षातको पानीसंगै सडकमा पहिरो झरेपछी सडक अवरुद्द भएको हो । सडकको ठाउँ ठाउँमा पहिरो गहेको छ भने बुका खोलामा आएको पहिरोले सडक अवरुद्ध हुनका साथै आवतजावतमा निकै समस्या भएको छ । 

अवरुद्द सडक खुलाउने पहल कतैबाट भएको छैन । सडकमा पहिरो जाँदा यात्रुहरुलाई समस्या भएको छ । 

हिउदँका महिनामा सामान्य जिप र ट्याक्टरहरु सञ्चालन हुने भएपनि बर्षातको सिजनमा यो सडक बर्षेनी अवरुद्ध हुने गरेको छ । सडकको ट्रयाक खोलेको झण्डै ७ बर्ष वित्यो तर अझैपनि यस सडक खण्डमा सहज रुपमा यातायातका साधन गुड्न सक्दैनन् । 

मर्मत संहारको अभावमा सडक दिनप्रतिदिन जिर्ण र जोखिम पूर्ण बन्दै गएको छ । साविकका तिन गाविसबासी प्रत्येक्ष लाभाविन्त हुने यस सडक पछिल्लो समय  मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएपछि सडकखण्डमा गरिने यात्रा जोखिमपूर्ण बन्दै गएको हो । 

सदरमुकाम देखि १० किलोमिटर अगाडि पिनागा बि ससम्म पुगेको सडकलाई वि.स. २०६८ सालमा  साविकका तिन गा बि स कार्काीवाडा, श्रीनगर र पिना  गा बि सको  कर्णाीली रोजगारको रकममा विस्तार गरि गमगढी बालै हुदै पिना सम्म पुर्याइएको  थियो । 

त्यस पछी गहेको बर्ष  साविकको जिल्ला बिकास समितीको सहयोगमा ५० लाखमा सडक मर्मत गरीएको भएपनी त्यो काम झारा टार्ने पैसा कमाउने प्रविधिले मात्र काम भएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का हिद्धय सिङ्क नेपालीले बताए  । उहाँले भन्नु भयो सडक भने पुरानै गोरेटो बाटो जस्तै छ । यो समस्या बर्षेनी हुन्छ तर गमगढी बालै पिना सडकको स्तर उन्नतीको लागी कसैले चासो देखाएका छैनन । सडक सञ्जाल विस्तार भएपछि स्थानीयलाई सदरमुकाम आवत जावत गर्न तथा दैनिक खाद्यान्न लगायतका सामाग्री ढुवानीमा सहज भएपनि सडकको स्तरोन्नती नहुँदा  असुरक्षित यात्राले स्थानीय हैरानीमा परेका छन  । सडक विस्तार भएको लामो समय भईसक्दा समेत सडकको मर्मत सम्भार र स्तरोन्नतीमा स्थानीय सरकार र जिल्ला स्थित राजनितीक नेतृत्वहरुको ध्यान नपुगेको स्थानीयले गुनासो गरेका छन ।  सडक जिर्ण बन्दै गहेपछी बिद्यार्थी वृद्ध वृदा लाई  आवत जावतमा निकैै समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने