२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला

२०७५, ६ श्रावण आईतवार ०६:१९

साउन ६, लहान | नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ । 

सन् २०२० सम्म नेपाललाई कुष्ठरोगमुक्त बनाउने लक्ष्यानुरुप गत असार २७ देखि २९ गतेसम्म गरिएको घरदैलो अभियानका क्रममा रोगको पहिचान भई औषधि सेवन गरिरहेका ४३ पुरुष र ३६ महिला कुष्ठरोगी फेला परेको धनगढीमाई नगरपालिका, स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विलटनारायण रायले जानकारी दिनुभयो । 

कुष्ठरोग निवारण अभियानअन्तर्गत नयाँ कुष्ठरोगी खोजी गर्ने क्रममा नगरपालिकाका फूलकहाकट्टी, हनुमाननगर, भवानीपुर र नयनपुरमा छ जनाको शरीरमा पनि रातो फुस्रो नचिलाउने दाग, बाक्लो अनुहार तथा कानको लोती, नशा झमझमाउने र गिर्खा निस्किएको भेटिएको रायले बताउनुभयो । 

समयमै जाँच गराई औषधि सेवन गरे रोगसँगै अपाङ्गता हुनबाट जोगिन सकिने उहाँको भनाइ छ । ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको कीटाणुबाट सर्ने कुष्ठरोगीको संख्याका आधारमा झापा पहिलो, मोरङ दोस्रो, सुनसरी तेस्रो, सिरहा चौथो र सप्तरी पाँचौंँ जिल्ला रहेको कुष्ठरोगीका लागि कार्यरत संस्था नेपाल कुष्ठरोग सङ्गठन सिरहाले जनाएको छ । 

कुष्ठरोगीको उपचार जिल्लास्थित सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क हुँदैआएको छ । 

समयमै उपचार गरिए कुष्ठरोग निको हुने चेतनाको अभावमा दलित विपन्न समुदायका कुष्ठरोगी अझै स्वास्थ्योपचारका लागि अस्पतालसम्म नपुग्ने गरेको पाइएपछि उनीहरुलाई लक्ष्य गरी चेतनामूलक र उपचारात्मक कार्यक्रम सञ्चालन गरिएको अधिकृत रायले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय