Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिरहामा एक हजार नयाँ उद्योग दर्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ७, लहान । </b>सिरहामा आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ११ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।&nbsp;</p><p>घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७४÷७५ मा उत्पादनमूलक उद्योग २६०, सेवामूलक उद्योग ५५४ र कृषि तथा वनजन्य उद्योग १९७ नयाँ दर्ता भएका छन् । गत आवमा ८४२ नयाँ उद्योग दर्ता भएका थिए ।&nbsp;</p><p>जिल्लामा उत्पादन उद्योग एक हजार ३३८, कृषि तथा वनजन्य उद्योग ६६१ र सेवा उद्योग दुई हजार ७७० गरी घरेलु तथा साना उद्योगको संख्या चार हजार ७६९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख लक्ष्मी पौडेलले जानकारी दिनुभयो ।&nbsp;</p><p>बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रम बढेको उहाँले बताउनुभयो । आव २०७४÷७५ मा ६१२ उद्योगको नवीकरण र नौवटा उद्योगको नामसारी गरिएको छ भने गत आवमा नयाँ उद्योग दर्ताबाट रु ५१ लाख ५३ हजार राजश्व संकलन भएको थियो ।&nbsp; (रासस)</p>