२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी, बराहापोखरीमा भक्तजनको घुइचो

७ श्रावण २०७५, सोमबार ११:५७

चिसाङ शेर्पा | साउन ७, खोटाङ | साउनको पहिलो सोमबार हरिशयानी एकादशीमा जिल्लाका पवित्र तीर्थस्थलहरुमा भक्तजनहरुको बाक्लो घुइचो लागेको छ । साउन महिनाको पहिलो सोमबारदेखी बोलबम सुरु हुने भएका कारण बिहानैदेखि त्रिधार्मिकस्थल हलेसी महादेब मन्दिर, बराहपोखरी र मझुवा कालिका भगवती मन्दिर लगायतका शिवालय मन्दिरहरुमा दर्शनार्थीको घुइचो लागेको हो ।

हलेसी मन्दिर र बराहपोखरीमा साउनभर हरेक सोमबारका दिन ठूलो मेला लाग्ने गरेको छ । बोलबम मेलाको अवधिमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलीङ, गान्टोक, भुटान, चिनको तिब्बत लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । विगत वर्षहरुको तुलनामा यस वर्ष हलेसीमा दोब्वर दर्शनार्थीहरु हलेसी आएको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरधन राईले बताए । 

ईच्छाएका मनोकांक्षा पूरा हुने बिश्वासमा हलेसी र बराहपोखरीमा साउनको प्रत्येक सोमबार बिभिन्न नदीबाट ल्याईएका जल चढाउने गरिन्छ । हलेसी र बराहपोखरीमा देश तथा बिदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर ब्रत गर्दै महादेब, पार्वती र गणेशलाई नदीको जल चढाउने गर्छन् । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो  मनोकामना पूरा हुने र सुखशान्ति मिल्ने धार्मिक विश्वास छ । दर्शनका लागि हलेसी आएका दर्शनार्थीका कारण हलेसी आसपासका साना, ठूला होटलहरु भरि भराउ भएका छन् । दर्शनार्थीलाई पूजाआजाका लागि सहज वातावरण बनाउँनका भन्दै नगरपालिकाले शुरक्षा ब्यवस्था तथा स्वयंसेवकको व्यवस्था मिलाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिए । 


हलेसी, बराहपोखरीमा हरियो कपडा, चुरा र मेहेन्दीमा सजिएका महिला तथा पहेलोे गेरु रंगको पहिरनमा सजिएका भक्तजनको चहलपहल छ । सामुहिकरुपमा ‘बोलबम’ उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको संख्या पनि उत्तिकै देखिन्छ । अन्य जिल्लाबाट खोटाङलाई जोडने मुख्य नाको दुधकोसीस्थित जयरामघाटमा पक्की पूल संचलानमा आउनु र सडकको पहुंच भएका कारण हलेसीमा दर्शनार्थीको विगत वर्षका तुलनामा भीड बढेको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो