2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी, बराहापोखरीमा भक्तजनको घुइचो

चिसाङ शेर्पा | साउन ७, खोटाङ | साउनको पहिलो सोमबार हरिशयानी एकादशीमा जिल्लाका पवित्र तीर्थस्थलहरुमा भक्तजनहरुको बाक्लो घुइचो लागेको छ । साउन महिनाको पहिलो सोमबारदेखी बोलबम सुरु हुने भएका कारण बिहानैदेखि त्रिधार्मिकस्थल हलेसी महादेब मन्दिर, बराहपोखरी र मझुवा कालिका भगवती मन्दिर लगायतका शिवालय मन्दिरहरुमा दर्शनार्थीको घुइचो लागेको हो ।

हलेसी मन्दिर र बराहपोखरीमा साउनभर हरेक सोमबारका दिन ठूलो मेला लाग्ने गरेको छ । बोलबम मेलाको अवधिमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलीङ, गान्टोक, भुटान, चिनको तिब्बत लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । विगत वर्षहरुको तुलनामा यस वर्ष हलेसीमा दोब्वर दर्शनार्थीहरु हलेसी आएको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरधन राईले बताए । 

ईच्छाएका मनोकांक्षा पूरा हुने बिश्वासमा हलेसी र बराहपोखरीमा साउनको प्रत्येक सोमबार बिभिन्न नदीबाट ल्याईएका जल चढाउने गरिन्छ । हलेसी र बराहपोखरीमा देश तथा बिदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर ब्रत गर्दै महादेब, पार्वती र गणेशलाई नदीको जल चढाउने गर्छन् । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो  मनोकामना पूरा हुने र सुखशान्ति मिल्ने धार्मिक विश्वास छ । दर्शनका लागि हलेसी आएका दर्शनार्थीका कारण हलेसी आसपासका साना, ठूला होटलहरु भरि भराउ भएका छन् । दर्शनार्थीलाई पूजाआजाका लागि सहज वातावरण बनाउँनका भन्दै नगरपालिकाले शुरक्षा ब्यवस्था तथा स्वयंसेवकको व्यवस्था मिलाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिए । 


हलेसी, बराहपोखरीमा हरियो कपडा, चुरा र मेहेन्दीमा सजिएका महिला तथा पहेलोे गेरु रंगको पहिरनमा सजिएका भक्तजनको चहलपहल छ । सामुहिकरुपमा ‘बोलबम’ उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको संख्या पनि उत्तिकै देखिन्छ । अन्य जिल्लाबाट खोटाङलाई जोडने मुख्य नाको दुधकोसीस्थित जयरामघाटमा पक्की पूल संचलानमा आउनु र सडकको पहुंच भएका कारण हलेसीमा दर्शनार्थीको विगत वर्षका तुलनामा भीड बढेको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते