३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सिकाई उपलब्धी वढ्दा निजि विद्यालयवाट विद्यार्थी सामुदायीक विद्यालय तर्फ

९ बैशाख २०७३, बिहीबार ००:५५

कमल पौडेल, बैशाख ९, बागलुङ (खर्वाङ) । त्रिभुवन उच्च माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका विच कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको छ।

b1

कक्षा ११ का विद्यार्थीहरुद्धारा गरिएको विदाई कार्यक्रममा विद्यालयका प्राचार्य ढालमणि भण्डारी, सहायक प्राचार्य शिवलाल पोखरेल, शिक्षक वद्रिनाथ घिमिरे लगाएतले विदाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै कक्षा ११ का धन वहादुर विक ले विदाई मन्तव्य, तारा रेश्मीले विदाई गित प्रस्तुत गरेका थिए । कार्यक्रम कक्षा ११ का सुदिप आचार्यको अध्यक्षता, कक्षा ११ कै दधिराम वनको स्वागत मन्तव्य, र कक्षा ११ का अनिष पाठक तथा कक्षा १२ का तिलक घर्तिको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कक्षा ११ तथा कक्षा १२ का विद्यार्थीहरुले आपसमा मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै कक्षा १२ को तर्फवाट विद्यालयका शिक्षक तथा विद्यालयको लागी मायाको चिना प्रदान गरेका थिए । त्यस्तै विदाई हुँदै कक्षा १२ का विद्यार्थीहरुले आफुहरुले सिकेको ज्ञानसिपलाई अधिकतम उपयोग गर्दै विद्यालयको नाम उचो राख्न सहयोग गर्ने वताएका थिए ।

b2

यसै विच सोहि कार्यक्रममा विद्यालयले कक्षा ११ तथा १२ को लागी संचालन गरेको प्रिवोर्ड परीक्षाको नतिजा समेत प्रकाशन गरिएको छ। जस अन्तर्गत कक्षा ११ मा योग कुमारी वि.क. प्रथम, तिलक गिरि द्धितिय तथा दधिराम वन तृतिय भएका छन्। त्यस्तै कक्षा १२ मा अनिता पोखरेल प्रथम, विमला वन द्धितिय तथा लोकेन्द्र पुन तृतिय भएका छन्। कार्यक्रमकै अवसरमा विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

b3

बागलुङ को पश्चिम क्षेत्रमै उत्कृष्ट विद्यालयको रुपमा स्थापित भैरहेको सो विद्यालयमा शैक्षिक सत्र २०७३ को लागी कक्षा संचालन भई सकेको प्राचार्य ढालमणि भण्डारीले जानकारी दिनुभएको छ। नेपाली तथा अंग्रेजी गरि दुवै माध्ययममा कक्षा संचालन गरिरहेको विद्यालयमा चालु शैक्षिक सत्रको लागी कक्षा १० सम्ममा ७ सय २५ जना विद्यार्थी भर्ना भईसकेको र वाँकि रहेका विद्यार्थीहरुलाई पनि विद्यालयमा ल्याउने कार्यक्रम चलिरहेको प्राचार्य भण्डारीले जानकारी दिनुभएको छ। भण्डारीका अनुसार विद्यार्थीहरुलाई बैसाख ५ गते नै पुस्तक वितरण गरि कक्षा संचालन समेत भैसकेको छ।

२०१७ सालमा दगातुन्डाडा ६ मा स्थापना भएपनि स्थानान्तरण हुँदै २०५६ सालदेखि खर्वाङमा सो विद्यालय सुरु गरिएको थियो । २०६४ साल देखि कक्षा १०, २०६८ साल देखि उच्च माध्यमिक तह संचालन गरेको विद्यालयले हरेक वर्ष जिल्लामै उत्कृष्ट मध्ये नतिजा ल्याउँदै आएको छ।

प्रा.वि. तहमा मात्रै स्थायी दरवन्दि भएको सो विद्यालयमा कक्षा १२ सम्म कक्षा संचालन भैरहेको छ। सो विद्यालयमा ६ जना स्थायी, ७ जना राहत तथा २ जना उच्च मावि अनुदान प्राप्त शिक्षक छन् भने १५ जना शिक्षक निजि श्रोतमै रहेको विद्यालयले जनाएको छ।

अधिकांश दलित, कुमाल, जनजाति समुदायका वालवालिकाहरु अध्यापन गर्दै आएको विद्यालयमा हाल निजि विद्यालयवाट समेत विद्यार्थीहरु आउने गरेको विद्यालयले जनाएको छ। यस वर्षपनि ३५ जना विद्यार्थी निजि विद्यालयवाट स्थानान्तरण भई विद्यालयमा भर्ना भएको विद्यालयका लेखापाल लोकमणि अर्यालले जानकारी दिनुभएको छ।

विद्यालयमा कक्षा कोठाको अभावमा एकै कक्षामा ८० जना भन्दा धेरै विद्यार्थी हुँदा पनि सेक्सन खोल्न नसकिएको प्राचार्य भण्डारीले जानकारी दिनुभएको छ। थोरै विद्यार्थी हुने कक्षा का विद्यार्थीले क्यान्टेनमै पढ्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय