२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

प्रबासमै भएपनि गीत-संगीतको क्षेत्रमा आफुलाई चिनाउँदै पाल्पाली केशब गाहा

१९ कार्तिक २०७२, बिहीबार २२:३४

KEshab gahaकमल न्यौपाने । पाल्पा ज्यामिरेमा जन्ममिएका केशब गाहा कामको शिलशिलामा प्रवासमा भएपनी गीत संगीत क्षेत्रमा निरन्तर रुपमा अगाडी बढदै छन् । सानैदेखि गीत संगीतमा रुचि भएका केशब गीत गायकसङै गीत रचना गर्दै यो क्षेत्रमा लागि परेका छन् । सर्जक केसब नेपालमा हुँदादेखी नै धेरै स्टेज कार्यक्रममा दर्शकलाई नचाउने गर्दथे । नेपालमा हुँदा सगीत क्षेत्रमा औधी रहर हुँदाहुँदै पनि पारिवारिक समस्याले गर्दा प्रवासमा पुगेका गाहाले आफुले धेरै संघर्ष गर्नुपरेको बताए । केही समयको प्रबास बसाईले आफ्नो पारिवारिक समस्या पनि समाधान हुँदै गएसी भने अहिले औपचारिक रुपमै साङगितिक क्षेत्रमा प्रबेश गरेकाछन ।

गाहाले प्रियसी म्युजिक प्राली मार्फत आफ्नो लय तथा शब्दमा पहिलो लोक दोहोरी गीत फेसबुकमा लभ परेको बजारमा ल्याएकाछन । सो गीतमा खुमन अधिकारी र पुर्णकाला बि.सीको स्वर रहेको छ । आफ्नो पहिलो गीतले थुप्रै हौसला दिने र आफ्नो सानै देखिको चाहाना पूरा समेत भएको सर्जक गाहाको भनाई छ । अब आफु
निरन्तर रुपमा गीत बजारमा प्रस्तुत गर्दै जाने समेत उनी बताउछन । अब सागीतिक क्षेत्रमा प्रवासबाटै भएपनि अगाडि बढ्ने र केही गर्ने समेत धोको रहेको उनले जनाए । गाहाले झन्डै दुइ दर्जन भन्दा बढी गीतहरुमा लय तथा शब्द रचना गरिसकेका छन । त्यति मात्र नभइ प्रियसी म्युजिक प्रा.लीको उपाध्यक्ष पदमा रहेको र थुप्रै समाज सेवामा नि त्यतिनै लाग्ने गरेका छन । अहिले गाहा सगीत क्षेत्रमामा निकै ब्यस्त भएको देखिन्छ ।

उनले तयार गरेका लय तथा शब्द रहेका गीत बजारमा धेरै आईरहेको र सोही अनुरुप बजारमा राम्रो प्रतिकृया पनि पाएको छ । गाहाको लयमा रहेको सुर्खेत कि नानी, उडयो पछयौरी पश्चिम खण्डमा,प्युठानमा लान्छु जस्ता गीतहरुले उनलाई धेरै चाइनाउने काअं गरेको छ । अहिले प्रवासमा हुने बिभिन्न खालका स्टेज कार्यक्रममा पुग्ने गरेका गाहा थुप्रैले खोजी गर्ने गीतकारको रुपमा आफुलाई चिनाउन सफल भएकाछन । उनले तयार गरेका लय तथा शब्दलाई धेरै दर्सक/श्रोताले औधी मनपराउने गरेका छन । सोही कारण पनि गाहा भोलिको दिनमा आफ्नो
देशमै बसेर गीत संगीतकै क्षेत्रमा रहेरै आफ्नो कलागला र प्रतिभालाइ अगाडी बढाउने सोच राखेको बताउछन ।

प्रियासी म्युजिक प्रा.लीको प्रस्तुतिमा रहेको केशब गाहाको शब्द तथा लयमा रहेको फेसबुकमा लभ परेको बोलको गीत हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य