२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

लोपउन्मुख गिद्धको हड्डीको अवैध रुपमा व्यापार

२४ चैत्र २०७२, बुधबार ०९:३९

चैत २४, पाल्पा । लोपउन्मुख गिद्धको हड्डीको अवैध व्यापारका हुने गरेको रहस्य खुलेको छ । अवैध व्यापारका लागि गिद्धलाई भुण्डाएको सुकाएको अवस्थामा फेला परेपछि गिद्धको हड्डीको अवैध रुपमा कारोबार हुने गरेको रहस्य बाहिर आएको हो । गिद्धको हडी टुटेफुटेको घाटेर लगाउँला सन्चो हुने विश्वासका कारण मानिसहरुले हड्डीको खोजिमा गिद्ध मारेको हुनुपर्छ ।

पाल्पा जिल्ला सदरमुकाम तानसेन–१३ बतासेडाडाको सडक नजिकैको रुखमा रसीले टाउको र खुट्टामा झुण्डाएको अवस्थामा चार ओटा गिद्ध फेला परेको जिल्ला वन अधिकृत यमलाल पोखरेलले बताउनुभएको हो । बतासेडाडा ढुङ्गामा घाम ताप्न र आहाराको खोजीमा प्रशस्त मात्रमा गिद्धहरु आउने गरेको पोखरेलले बताउनुभएको छ । मरेका गाई भैसी फाल्ने भएकाले पनि गिद्ध यस क्षेत्रमा बढी आउने गरेको जानकारहरु बताउँछन् । गिद्ध मार्नेलाई रु. २००।–देखि रु.१०००।–सम्म जरीवाना र २ वर्षसम्म कैद सजाय हुन सक्ने जिल्ला वन अधिकृत पोखरेलले बताउनुभयो ।

तानसेन–हार्थोक सडक बतासेडाडा नजिकै रुखको हागामा भुण्डाएको अवस्थामा हड्डीका लागि गिद्ध सुकाएको हुन सक्ने स्थानीयको भनाई छ । गिद्धको हड्डी आयुर्वेद औषधी र झारफुकका लागि महगो मुल्यमा विक्री हुने गरेको स्थानीयको भनाई छ ।

स्थानीय बजारमा गिद्धको हडडीलाई पाँच हजारसम्ममा विक्री हुने गरेको छ । विजुलीको तारमा ठोकिएर गिद्ध मरेको हुन सक्ने स्थानीयले भनाई छ । पहिलो पहिले गिद्ध मर्ने र यसरी नै सुकाएको अवस्था देखिने गरेको थियो ।

विजुलीको तारमा ठोकिएदैमा गिद्ध मदैन्, एउटा तारमा ठोकिएर गिद्ध मरेको होइन जिल्ला वन प्रमुखका नियोजित रुपमा मारिको हुन सक्ने जिल्ला वन कार्यालय पाल्पाको दावी छ । गिद्ध मार्नु पनि अपराध हो भन्ने ज्ञानका अभावमा मानिसहरु अझै पनि गिद्ध मारेका हुन्छन् ।

– सुवास वि.सी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड