2026-10-22 02:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर महानगरले सिटीहल निर्माण प्रक्रिया अघि बढायो

साउन १०, चितवन | भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ । 

शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेनु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिने बताउनुभयो । 

महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको जग्गामध्ये खालि रहेको पाँच बिगाहा जग्गामा सिटीहल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको र सम्पूर्ण प्रक्रिया पूरा गरेर जग्गाप्राप्तिका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 

नेपालमा अहिलेसम्म निर्माण नभएको अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न सिटीहल निर्माण गरिने जस्मा पाँच हजार मानिस अट्नसक्ने ठूलो हल र अरु सानाहल, पार्किङ, फुडल्याण्ड, बगैँचा समेत रहने महानगर प्रमुख दाहालको भनाइ थियो । 

शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, चितवनका प्रमुख कुमार घिमिरेले बिभागले सिटीहलका लागि रु ५० करोड छुट्याएपनि जग्गाप्राप्तिमा ढिलाइ भएकाले गत आर्थिक वर्षमा काम थाल्न नसकिएको बताउनुभयो । 

“गत आर्थिक वर्षमा काम थाल्नका लागि रु पाँच लाख विनियोजन गरेका थियौँ । जग्गाको अभावमा काम शुरु हुन सकेन ।” उहाँले भन्नुभयो, “जग्गा प्राप्त भएसँगै माटो परीक्षण गरेर नक्साङ्कनको काम अघि बढाउँछौँ ।” सिटीहलको स्वरुप र लागतका बारेमा विस्तृत अध्ययन गरेपछि थाहा हुने र यसका लागि आवश्यक रकम विभागबाट प्राप्त हुने भएकाले बजेटमा समस्या नहुने उहाँको भनाइ थियो । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको जग्गा ७५ बिगाहा १० धुर जमिन छ । यता नेपाली काँग्रेसको चितवनले शाखाले भने क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने भन्दै सिटीहलका लागि अन्यत्र जग्गा व्यवस्थापन गर्न महानगरलाई सुझाव दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ