२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अवरुद्ध सडक नखुल्दा तातोपानीवासी मर्कामा

१० श्रावण २०७५, बिहीबार १०:१४

राम केसी | साउन १०, चौतारा | अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्डका विभिन्न ठाउँमा पहिरो र नदी कटानले अवरुद्ध सडक लामो समयसम्म खुलाउने प्रयास नभएपछि सिन्धुपाल्चोक तातोपानीका बासिन्दाको दैनिक जीवन कष्टकर बनेको छ । 

गत असार अन्तिम सातामा सो सडक खण्डको विभिन्न स्थानमा पहिरो र नदी कटानले अवरुद्ध भएको तीन साता बित्न लाग्दा पनि सम्बन्धित निकायले अझै खुलाउने प्रयास नगरेपछि स्थानीय बासिन्दाको आवागमनमा कठिनाई पुगेको हो । 

गत असार २६ गतेको अविरल वर्षाले भोटेकोशीको बहाब बढेपछि नौ किलो भन्ने स्थानमा ७० मिटर सडक नदीले कटान गरेको थियो । 

तातोपानी बजार क्षेत्रमा ५० मिटर र कोदारीस्थित इको रिसोर्ट नजिक ५० मिटर सडक पहिरो र नदी कटानले क्षत्विक्षत भएको छ । नौ किलोको सडक माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधका कारण कटान भएकाले आयोजनाले नै बनाइदिने विषयमा छलफल भइरहेको र हाम्रोतर्फबाट पनि सम्बन्धित निकायमा बजेट माग गरिएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख जिल्ला इञ्जिनियर अशोक तिवारीले बताउनुभयो । 

नदीबाट उठाउन करीब ३० मिटर उचाइ पर्ने र माथि बस्ती भएकाले भित्तो काट्न पनि नमिल्ने हुँदा नदीको पानी घटेपछि काम गर्न सजिलो हुने जिल्ला इञ्जिनियर तिवारीको भनाइ छ । 

बाँध स्थलको सडक माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाकै कारण बिग्रेको हँुदा यस अघि आयोजनाले बनाइदिएको र अब उसैले बनाउनुपर्ने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको भनाइ छ । 

सडकको अभावमा पैदल हिँड्नसमेत कठिनाइ परेको छ । खाद्यान्नलगायतका सामग्री २६ किलोमिटर तलको बाह्रबिसे बजारबाट लानुपर्ने हुँदा स्थानीयको दैनिक जीवन ज्यादै कष्टकर बनेको अध्यक्ष पौडेल थप्नुहुन्छ । 

अवरुद्ध सडक खुलाउन बजेट निकासा तुरुन्तै भए चाँडै खुलाइने र निकासा ढिला भए दशँैपछि पनि पुग्नसक्ने जिल्ला इञ्जिनियर तिवारी बताउनुहुन्छ ।

त्यस क्षेत्रमा दैनिकजसो पानी पर्ने र नेपाल–चीनको सीमा नदी भएकाले भोटेकोशी नदीको बहाबमा कमी आउन विगतको अनुभवलाई दृष्टिगत गर्दा कम्तीमा एक महिना समय लाग्ने देखिएको हुँदा अवरुद्ध सडक खुल्न भदौ महिना पुग्ने सम्भावना रहेको अध्यक्ष पौडेल बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य