२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सकियो

५ बैशाख २०७३, आईतवार ००:३६

सुवास वि.सी, बैशाख ५, पाल्पा । नव वर्ष २०७३ सालको उपलक्ष्यमा जल्पामा भएको खुल्ला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सकिएको छ ।volleyball

खेलकुद मंञ्च जल्पाको आयोजना र जल्पा गाविस तथा जनसेवा युवा समुहको सहयोगमा चैत्र २८ देखि शुरु भएको कार्यक्रम शुक्रबार सकिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनसेवा युवा समुहका अध्यक्ष चित्र बहादुर कुवरले स्वास्थ्य जीवन यापनका लागि खेलकुद महत्वपूर्ण रहेको बताउनु भयो ।

volleyball1

 

उहाँले प्रतिस्पर्धाको युगमा विविध खेलकुद संग संगै शिक्षा, योग्यता, क्षमताको पनि एकै साथ विकास गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा विशिष्ट अतिथि प्याब्सनका केन्द्रिय सदस्य तथा बेथल बोर्डिङ्ग स्कुल तानसेनका प्रिन्सिपल खेम बहादुर सारु, शम्भु उच्च माध्यमिक विद्यालयका शिक्षक जय बहादुर सारु, समाजसेवी उमान सिं बयाम्बु, अम्बर राना, डोल बहादुर घर्ती, यम बराल, दिल बहादुर सारु, लेख कुमार सारु, लाल बहादुर राना लगायतले बोल्नु भएको थियो । २० समुहको सहभागिता रहेको

खुल्ला भलिबल प्रतियोगितामा प्रथम रोङध्याङ्ग युवा क्लब, दोस्रो गोठादी गाविस, तेस्रो देविनगर गाविस विज्यता भएको छ । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक/ गायिका बैकुन्थ महत, दिपक गरम्जा, ईन्द्रा गुरुङ्ग, सरिता थापा, विष्णु पाण्डे र हास्य कालाकार शंकर धिमिरे, शिव भट्टराई, सुवास वि सी, विजय बमडेल लगायतको प्रस्तुती रहेको थियो ।

लोप उन्मुख स्थानीय नाच मारुनी नाच, घाटु नाच, झाम्रे, करुवा लगायतका नाच समेत प्रर्दशन गरिएको थियो । संस्थाका अध्यक्ष नीर बहादुर सारुको अध्यक्षतामा चलेको कार्यक्रममा स्वागत मन्तब्य बिष्णु बहादुर सारुले दिनु भएको थियो । भने कार्यक्रम संञ्चालन डोलराज विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन