२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

रसुवा पहिरो: नुवाकोट, सिन्धुपाल्चोक र रसुवाका गरि ९ जनाको मृत्यु

१० श्रावण २०७५, बिहीबार १७:५३

साउन १०, रसुवा | गए राति टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिलेसम्म नौ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा नुवाकोटकी (ठेगाना खुल्न बाँकी) समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गापा–२ टिमुरेका कामी भनिने दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ किमो घले, रसुवा गोसाइँकुण्ड गापा–१ थुमनका ४३ वर्षीय गोसार भनिने मिङमार गोम्बो तामाङ रहेका छन् । यसैगरी पहिरोमा परी सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ मामिङका २७ वर्षीय विक्रम श्रेष्ठ, ४५ वर्षीय मंगल तामाङ, ४२ वर्षीय श्याम श्रेष्ठ र सिन्धुपाल्चोक भोटेकोशी गापा–४ फुलपिङकट्टीका ३५ वर्षीय रेशम भनिने सुस खड्काको पनि मृत्यु भएको छ । 

पहिरो करीब चार किमी माथिबाट आएको स्थानीयवासीको अनुमान छ । सबै सुतिरहेको अवस्थामा पहिरोले पुरेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले बताउनुभयो । 

पहिरोले एक पक्की घर क्षति बनाउनाका साथै तीन वटा छाप्रा तथा एक प्रहरीको बिटसमेत पुरिएको छ । प्रहरी बिटमा रहेका प्रहरी बजार गस्तीमा गएका कारण प्रहरीतर्फ कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । 

घाइते भएको १२ मध्ये नौ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार गराई घर फर्किएका र तीन जनाको टाउको तथा खुट्टामा बढी चोट परेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको स्वास्थ्यकर्मीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य